कोरोनाबाट सक्रिय संक्रमित ३९,६४३ , मृत्यु ८८७

१२ कार्तिक २०७७, बुधबार मा प्रकाशित

काठमाडौँ, पछिल्लो २४ घण्टा (वुधवार)मा मुलुकभर थप एक हजार ९ सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

वुधवार मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा आठ हजार २ सय ४८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यसैगरी वुधवार दुई हजार ९ सय ८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ६ सय ४३ रहेको मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ९६, ललितपुरमा १ सय १८ र भक्तपुरका २९ गरी काठमाडौँ उपत्यकामा कूल ८ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या एक लाख २१ हजार ८ सय २४ रहेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ८ सय ८७ पुगेको छ ।

कोरोना सङ्क्रमित मध्ये हाल २ सय ९० जनाको आइसियुमा र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । यसैगरी संस्थागत आइसोलेसनमा सात हजार ७०९ जना र होम आइसोलेसनमा ३१ हजार ९ सय ३४ जना रहेको मन्त्रालयले जनाएको छ ।

मुलुकभरका विभिन्न क्वारेन्टिनमा रहेका हाल दुई हजार ८ सय ८९ जना रहेका छन् ।

अब हप्ताको दुई दिनमात्र प्रेस बिफ्रिङ हुने
यसैगरी मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमति प्रेस बिफ्रिङको तालिका परिवर्तन गरेको छ ।

अबदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र साबिकको समयमा कोभिड–१९ सम्बन्धी नियमति प्रेस विफ्रिङ हुने र अन्य दिन भने ४ः३० बजे मन्त्रालयको वेभसाइटमा कोभिड–१९ सम्बन्धी तथ्याङ्क अपलोड गरिने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here