रवि लामिछाने दम्पतीलाई कोरोना पुष्टि

१३ कार्तिक २०७७, बिहीबार मा प्रकाशित

काठमाडौं ।

न्यूज २४ टेलिभिजनकर्मी रवि लामेछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लामिछानेले मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफू र श्रीमती निकिता पाैडेल दुवैलाई कोरोना पोजेटिभ देखिएको फेसबुकमार्फत् बिहीबार बिहान जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘हामी दुवैको स्वास्थ्य सामान्य छ, केही पेशागत क्रियाकलपाले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुनसक्दछ ।’

घरमा आफूहरू दम्पती मात्र रहेकोले धेरै समस्या नरहेको उहाँले बताउनुभएकाे छ । उहाँको आग्रह छ, ‘घरमा हामी दुई मात्र छौं । त्यसैले धेरै समस्या छैन । तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here