कोभिड-१९ प्रेस ब्रिफिङ अब आइतवार र बुधवारमात्रै

१३ कार्तिक २०७७, बिहीबार मा प्रकाशित

काठमाडौं,

स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को बारेमा जानकारी दिन दैनिक रुपमा गर्दै आएको प्रेस ब्रिफिङ अब हप्तामा दुई दिनमात्र हुने भएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीवारबाट नियमित प्रेस ब्रिफिङ नहुने बताएका हुन्। अब देखि हप्तामा दुई दिन आइतवार र बुधवारमात्रै कोभिड-१९ को बारेमा ब्रिफिङ हुने हुनेछ।

दैनिक अपडेट भने मन्त्रालयको वेभसाइट, भाइबर र अन्य सामाजिक संजालमा हुनेछ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here