सजिलो बचत तथा ऋण सहकारी संस्थको १३ औं वार्षिक साधारणसभा

0
1180

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

सजिलो बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड नपा–५को १३औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

 

संस्थाका अध्यक्ष सुरेश ढकालको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक एकराज गिरीको विशिष्ठ आतिथ्यमा साधारण सभा भएको थियो ।

कार्यक्रममा सृजनशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डम्वर विमली , संस्थाकी सल्लाहकार तारा ढकाल निरौला , सुन्दर सामुदायिक प्रहरी सेवाकेन्द्रका अध्यक्ष उत्तम खनाल , पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलालगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले संस्थाको आय–व्ययसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष ढकालका अनुसार संस्थाको जम्मा शेयरपुँजी एक करोड २५ लाख ५४ हजार छ सय रुपैयाँ, निक्षेप तर्फ तीन करोड ६६ लाख १२ हजार पाँच सय ५९ रुपैयाँ, कर्जा लगानीमा रहीरहेको रकम चार करोड ८३ लाख १७ हजार नौ सय ८६ रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले ८७ लाख ८० हजार एक सय ८२ रुपैयाँ आम्दानी गरेकोमा ८४ लाख ९३ हजार नौ सय ४६ रुपैयाँ खर्च गरेको बताइएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण विगतका वर्षहरुमा झैं यसपटक साधारण सभा नगरीे सहकारी विभागको साधारणसभा निर्देशिका बमोजिम साधारण सभा गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

कार्यक्रममा संस्थाका लेखा समितिका संयोजक गोपालप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष अरुण सापकोटाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here