मातृ भाग्यरेखा साकोसको नवौं वार्षिक साधारणसभा

५ पुष २०७७, आईतवार मा प्रकाशित

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखा समिति संयोजक टंकप्रसाद दवाडीले स्वागत गरेका थिए ।

कार्यक्रममा नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटी, पत्रकार गोपाल काफ्लेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर सदस्य दुई हजार पाँच सय १३ जना, शेयर पूँजी दुई करोड १५ लाख ५० हजार तीन सय ४० रुपैयाँ, निक्षेप १२ करोड १९ लाख ३४ हजार आठ सय ८८ रुपैयाँ ११ पैसा, ऋण लगानी तीन करोड ९२ लाख ७२ हजार रुपैयाँ, आम्दानी ९९ लाख ३३ हजार एक सय सात रुपैयाँ ७० पैसा, खर्च ७२ लाख ३१ हजार २५ रुपैयाँ ८६ पैसा र नाफा २७ लाख दुई हजार ८१ रुपैयाँ ८४ पैसा रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले आठ जनालाई काजकिरिया खर्च, १९ जनालाई उपचार खर्च प्रदान गरेको छ भने बिर्तामोड नगरपालिकाको कोरोना कोषमा २५ हजार रुपैयाँ प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा लेखा समिति संयोजक टंकप्रसाद दवाडीले लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिका संयोजक लक्ष्मीप्रसाद ओडारीले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही साधारणसभाले संस्थाको सञ्चालक समिति तथा लेखा समितिको निर्वाचन पुस मसान्तभित्र गर्ने निर्णय गरेको कार्यालय प्रमुख बिनोदकुमार गणेशले जानकारी दिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव गणेश शिवाकोटीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here