सशस्त्र प्रहरी वल एपीएफद्दारा फाइनल यात्रा तय / धरान फुटवल एकेडेमी २–० ले पराजित

0
406

जितेन्द्र भण्डारी
पाँचथर,माघ १८ । सशस्त्र प्रहरी वल एपीएफ दमक sbविजयी वन्दै  पाँचथरको फिदिममा जारी पूर्वान्चल स्तरीय ५ औ फाल्गुनन्द गोल्डकप प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ ।
आज भएको पहिलो सेमिफाइल खेलमा धरान फुटवल एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दे एपीएफले फाइनल यात्रा तय गरेको हो ।
एपीएफलाई जिताउन दुवै गोल हरी कार्कीले गरेका थिए । उनै आजको खेलको म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्र्तगत भोली हुने दोस्रो सेमिफाइनल खेलमा यूनाइटेड स्पोटस क्लव मोरङ र अनारमनी फुटवल क्लव झापा विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
भोलीको विजयी टिम सित फाइनलमा आजको विजयी टिम एपीएफले प्रतिस्पर्धा गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here