गुह्येश्वरीमा छात्रवृत्ति वितरण

१८ माघ २०७७, आईतवार मा प्रकाशित

उमानाथ भण्डारी,
कमल ।

झापाको कमल गाउँपालिका–५ स्थित गुह्येश्वरी आधारभूत बिद्यालयले बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

वि.सं. २०६९ सालमा स्थापना भएको बिद्यालयले अक्षयकोषबाट प्राप्त हुने व्याजबाट हरेक बर्ष कक्षा १देखि ८ सम्मका प्रथम द्वितीय र तृतीय हुने बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएकोे छ ।

कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने बिद्यार्थीहरुलाई क्रमशः एक हजार, सात सय र पाँच सय रुपैयाँका दरले तथा गरीब तथा जेहेन्दार बिद्यार्थीलाई जनही पाँच सय रुपैया गरी जम्मा ३२ जना बिद्यार्थीलाई प्रमुख अतिथि कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले छात्रवृत्ति प्रदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक बिष्णुप्रसाद खनालले जानकारी दिए ।

सोही कार्यक्रममा विद्यालयमा अध्ययनरत् दुई जना अनाथ बालबालिकालाई दमक उद्योग बाणिज्य सघका कार्य समिति सदस्य लक्की श्रेष्ठले अभिभावकत्व ग्रहण गरेको बताइएको छ । बिद्यालय बिकास समिति संयोजक खगेन्द्रप्रसाद तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेको प्रमुख आतिथ्य तथा कमल गाउँपालिका–५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाको विशेष आतिथ्यमा भएको कार्यक्रममा विद्यालय बिकास समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, आमा समूह, सामाजिक लेखा परीक्षक समितिका पदाधिकारी, बाल क्लबका पदाधिकारी, अभिभावक, बिद्यालयका पूर्वबिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम विद्यालयका शिक्षक मदन अधिकारीले सञ्चालन गरेका थिए भने प्रधानाध्यापक टंकप्रसाद गजुरेलले स्वगत गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here