प्रविधिमूलक शिक्षणमा शिक्षकको भूमिका

१८ माघ २०७७, आईतवार मा प्रकाशित

नेपाल सरकारले सामुदायिक विद्यालयसम्म प्रविधिमैत्री सिकाइलाई विस्तार गर्न विविध कार्यक्रम अघि बढाइसकेको छ । धेरै ठाउँमा आइटी ल्याब मार्फत शिक्षण सिकाई प्रारम्भ गरिएको छ । अब पुरानौ शैलीको सिकाई समयसापेक्ष नहने प्रमााणित भइसकेको सन्दर्भमा शिक्षक नै पहिला अपडेट हुन जरुरी छ । यस विधिले शिक्षकले पढाउँदैनन् वा उनीहरु अपडेट छैनन् भन्ने आरोपलाई समेत चिर्न सक्छ । अहिले सबैभन्दा ठूलो चुनौति र अवसर शिक्षकलाई छ त्यो हो कक्षा कोठामा प्रविधिको प्रयोग । गरौं आउँदैन, नगरौं शिक्षण पेशा छोड्ने कि समाउने । तर, शिक्षकहरु पनि कम छैनन्, र हुनु पनि हुँदैन । उच्च मनोबलका साथ अलिकति मेहनत मात्र गर्ने हो भने हाम्रा शिक्षक हरेक सिकाइका हरेक क्षेत्रमा सफल हुन सक्छन् । अधिकांश शिक्षकहरूले आफ्नै क्षमताको मापन गर्ने आधारका रूपमा सूचना प्रविधिलाई शिक्षणमा प्रयोग गर्न थालेका छन् ।

अबको शिक्षक सूचना तथा सञ्चार प्रविधिमा पूर्ण जानकार र अद्यावधिक भएको हुनुपर्छ । कक्षाकोठामा सिकाइका नयाँ प्रविधिहरु प्रयोगको ज्ञान, धारणा र शीप हुनुपर्छ । प्रविधि प्रयोगको इच्छाशक्ति र पूर्ण विश्वास हुनुपर्छ । यसको लागि तत्परता र जोस चाहिन्छ । प्रविधि प्रयोगको ज्ञान लिएर मात्र शिक्षकले लिएर कक्षामा प्रवेश गर्नु अनिवार्य भएको छ । सामान्यतयः एउटा असल शिक्षक बनेर आफ्नो जिम्मेवारी बहन गर्न स्मार्ट डिभाइसको प्रयोग गर्ने तरिका, पावर प्वाइन्ट निर्माण, चित्र भिडियो निर्माण, स्मार्ट पाठ योजना निर्माण गर्न सक्षम हुनुपर्ने भएको छ । हामी शिक्षक कक्षा कोठाको तयार, प्रविधिमैत्री कक्षा कोठाको ज्ञानको अभाव, स्मार्ट पाठयोजनाको निर्माण र प्रयोग, गर्न नसक्ने भयौं वा त्यो बाटोमा अग्रसर भएनौं भने न त शिक्षक नै बन्न सक्छौं न त समयसापेक्ष शिक्षण नै गर्न सक्छौं । बालकको रुची अनुसारको प्रभावकारी र आकर्षक तरिकाले शिक्षणबाट विद्यार्थीहरुमा अभिवृद्धि हुने र सक्रिय सिकाइले आधुनिक र वैज्ञानिक तरिकाले प्रविधिमैत्री ज्ञान हासिल गर्न र गराउन सकिन्छ ।

कक्षाकोठामा कसरी आधुनिक सूचना र प्रबिधिका नयाँ साधनहरु स्मार्ट बोर्ड, ओएचपी, ल्यापटप, एलइडी टिभि, इन्टरनेट, मोबाइलका आधुनिक साधनको प्रयोग गर्न सकिन्छ भन्ने विषयमा शिक्षकले नै सोच्नुपर्नै बेला आएको छ । जसको मद्दतले शिक्षण सिकाइ क्रियाकलाप अर्थपूर्ण, प्रभावकारी, व्यवहारिक र समसामयिक भई आधुनिक ज्ञान, धारणा र शिपको बिकास होस् । यसले शिक्षाका उद्देश्यहरु हासिल हुन समेत मद्दत मिल्छ । त्यसैले आजैदेखि कक्षा कोठामा सिकाइका नयाँ प्रविधियुक्त साधनहरु प्रयोग गरी शिक्षण गरौं ।

हामी सूचना र प्रविधिको युगमा प्रवेश गरिसकेका छौें । समयानुकूल सूचना र प्रविधिको विकास तथा उपभोग शैक्षिक लगायत आर्थिक तथा सामाजिक क्षेत्रहरूमा पनि प्रगति गर्न सकिन्छ । पछिल्लो समयमा विद्यालयमा सूचना प्रविधिको उपयोगमा जोड दिन थालिएकोले शिक्षकमा नै पहिलो र महत्वपूर्ण जिम्मेवारी थपिएको छ । शिक्षा र सूचना प्रविधिको बीचमा रहेका घनिष्ट सम्बन्धलाई अझ उपयोगि र उर्बर बनाउने जिम्मा नै शिक्षकको काँधमा आएको छ । यसै यथार्थलाई मनन् गरी हामीले विद्यालयमा प्रविधिको प्रयोगबाट प्रभावकारी शिक्षण गर्ने तर्फ अग्रसरता देखाउनु जरुरी छ ।
शिक्षामा सूचना र प्रविधिको उपयोगले शैक्षिक अवसरको विकासका साथै शैक्षिक गुणस्तर सुनिश्चित गर्छ । शिक्षणमा प्रविधिको प्रयोगले सिकाइलाई प्रभावकारी र दिगो बनाउने तथा नविनतम् ज्ञानको संसारमा सहज प्रवेश गराउन सकिन्छ । प्रविधिको उपयोगले शैक्षिक व्यवस्थापनमा प्रभावकारिता ल्याउन मूल्यांकन प्रणालीमा सुधार गर्न, शैक्षिक सुशासनको प्रत्याभूति गर्न सहज हुन्छ । शैक्षिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउन सूचना र सञ्चार प्रविधिको उपयोग अनिवार्य भइसकेको सत्यतालाई नकार्न मिल्दैन । आजको प्रतिस्पर्धात्मक समयमा शिक्षणमा सूचना प्रविधिको पहुँचको बिस्तारमा जोड दिएर अगाडि बढ्नुको विकल्प देखिँदैन ।

सूचना प्रविधिको इतिहासलाई हेर्ने हो भने वि.स. २०४९ सालदेखि मात्र विद्यालय तहको शिक्षादेखि कम्प्युटर प्रविधि सम्बन्धी पठनपाठन हुँदै आएको देखिन्छ । शिक्षामा सूचना र सञ्चार प्रविधिको उपयोगको आवश्यकता शैक्षिक पहँुचको विस्तार गर्न, सक्षमता तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, सिकाइलाई रोचक, प्रभावकारी र दिगो बनाउन, ज्ञानको दायरा फराकिलो बनाउन शिक्षकहरूको पेसागत दक्षता बढाइ शिक्षणको गुणस्तरमा सुधार ल्याउन सूचना प्रविधिको प्रयोग गर्न थालिएको सन्दर्भलाई हामीले साकार बनाउन जरुरी छ ।

व्यवस्थापकीय प्रणालीमा सुधार ल्याउन, सक्षम तथा दक्ष जनशक्तिको उत्पादन गर्न, सूचना र सञ्चार प्रविधिमा पहुँच हुने र नहुनेबीचको खाडल कम गर्न र निरन्तर तथा जीवन पर्यन्त सिकाइलाई प्रोत्साहन गर्नका लागि पनि सूचना र प्रविधिलाई कक्षाकोठाबाट नै जग हाल्न जरुरी भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूपमा सूचना र प्रविधिलाई शैक्षिक प्रवद्र्धनको मुख्य साधनको रूपमा लिइएको छ । प्रारूपले विद्यालय शिक्षासँग सम्बन्धित सूचना तथा तथ्यांकहरूको सञ्चार गर्ने साधनको रूपमा, विद्यालयमा अध्यापन हुने अन्य विषयहरू शिक्षण गर्ने साधनको रूपमा र सूचना प्रविधि एक छुट्टै विषयको रूपमा शिक्षण गर्न प्रेरित गरेको छ । यसलाई विद्यालय तहको व्यवस्थापनले मात्र सम्भव हुनसक्छ । नेपालमा सूचना तथा प्रविधि नीति ०६७ पारित भइसकेको छ । जसमा सूचना र प्रविधिको विकास तथा विस्तारका लागि आवश्यक पूर्वाधारको विकास शिक्षा क्षेत्रमा यसको प्रवद्र्धन गर्ने लगायतका नीतिगत व्यवस्था गरेको छ । त्यति मात्रै नभई विद्युतीय शासन गुरुयोजना सूचना तथा सञ्चार प्रविधिको उपयोगद्वारा सेवा प्रवाहको स्तर अभिवृद्धि गर्नुका साथै यसका लागि शिक्षा एक प्राथमिकता प्राप्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । आज विश्व नै सूचना प्रविधिका कारणले एउटा सानो गाउँ झैं बन्दै गएको छ । विश्वका कुनै कुनामा भएका नयाँ खोज अनुसन्धान र घटना क्षणभरमा नै संसारभर सञ्चार हुन्छन् ।

प्रविधिको उपयोगले विश्वलाई साँघु¥याउँदै लगेर एउटा भूमण्डलीय ग्रामका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ । सूचना र प्रविधिको प्रयोगले कक्षामा शिक्षण कार्य प्रभावकारी हुन्छ । विद्यार्थी सिकाइप्रति जागरूक हुन्छन् भने सिकाइ पनि चीरस्थायी हुन्छ । सुनेका कुराभन्दा देखेर सिकेको सिकाइ स्वभाविकै रूपमा दीर्घकालीन हुन्छ । प्रविधिको उपयोगले गर्दा सिकाइको उद्देश्य हासिल गर्न सहज हुन्छ भने विद्यार्थी सिकाइप्रति उत्प्रेरित हुन्छन् । तसर्थ, प्रविधिको प्रयोग पठनपाठनका लागि अनिवार्य बन्दै गएको छ । गुणस्तरीय शिक्षाका लागि शिक्षकले आफूलाई पेशागत दृष्टिले दक्ष र सक्षम बनाउनका लागि प्रविधिको उपयोग जरुरी हुन्छ । पठनपाठनमा नवीन विषयवस्तु विधि प्रक्रिया, बालमनोविज्ञान आदिप्रतिको बुझाइ, सिकाइ, ज्ञान, शीप, मनोवृत्ति जस्ता पक्षको विकास गर्दै कक्षा कोठाको वातावरणमा परिवर्तन ल्याउन र विद्यार्थी केन्द्रित सिकाइ गर्नका लागि पनि प्रविधिको प्रयोग प्रभावकारी हुने कुरामा दुईमत रहँदैन । हाम्रो जस्तो विकासशील राष्ट्रका लागि देशका सबै विद्यालयमा विद्युत्को सर्वसुलभ अभावका कारण पनि प्रविधिको उपयोगमा कठिनाई हुँदै आएको छ । शिक्षकलाई पनि समयसापेक्ष रूपमा सूचना र प्रविधिको उपयोगका सम्बन्धमा तालिम दिएर शिक्षकलाई सक्षम बनाई राख्नुपर्ने हुन्छ ।

आज केही सुविधासम्पन्न विद्यालयमा बाहेक अन्यन्त्र सूचना र प्रविधिको उपयोग भएको देखिन्न । पछिल्लो समयमा शिक्षा मन्त्रालयबाट शिक्षामा सूचना तथा सञ्जाल प्रविधि सम्बन्धी गुरुयोजनामा अन्तरक्रियात्मक डिजिटल विषयवस्तुको विकास, सूचना प्रविधि र मानवस्रोतको विकास, सूचना प्रविधि पूर्वाधारको विकास र विद्यालयमा इन्टरनेटको जडान जस्ता प्राविधिक पक्षलाई समेटिएका छन् । सूचना र प्रविधिको सहजरूपले उपयोग गर्नका लागि सम्बन्धित उद्योग र सूचना प्रविधि शिक्षा दिने शैक्षिक संस्थाहरूका बीचमा सहकार्यको उत्तिकै खाँचो देखिन्छ ।

परम्परागत शिक्षण विधि बदलिएमा नविनतम् प्रवद्र्धनात्मक विधिहरूको प्रयोग, सिकारुहरूको सिकाइलाई सहजीकरण गरी मनोरञ्जनपूर्ण वातावरणमा सहज र सुलभ सिकाई गर्न, सिकाइलाई अर्थपूर्ण र उपयोगी बनाउनका लागि पनि सूचना र प्रविधिको उपयोग गर्नुपर्ने देखिन्छ । हाल सञ्चालनमा रहेको दूरशिक्षा पनि सूचना र प्रविधिको उपयोगबाटै सम्भव भएको हो । अबका दिनमा सबै विद्यालयमा विद्यार्थीको रुची अनुसार आफ्नो स्रोत र साधनले धान्ने सम्मका प्रविधिको प्रयोगलाई बढाउँदै लैजानुपर्छ । जसले गर्दा पठनपाठन प्रभावकारी बन्छ भने सिकाइको उद्देश्य प्राप्तिमा पनि सहजता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसका लागि सबै सरोकारवालाको भूमिका जिम्मेवारी महत्वपूर्ण हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here