तुलसीप्रसाद निरौला, बिर्तामोड ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले बिर्तामोडस्तरीय क्षेत्रीय एकाइ परिषदको पाँचौ बैठक सम्पन्न गरेको छ ।

सञ्चालक समिति सदस्य तथा बिर्तामोड क्षेत्रीय समन्वय उपसमिति संयोजक डम्वरबहादुर बस्नेतको अध्यक्षता तथा प्रदेश सहकारी रजिष्टारको कार्यालय इटहरी प्रदेश नं.१ का रजिष्टार बलराम निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड कार्यालयगत उपसमितिकी संयोजक शान्ता रोक्काले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी, बिर्तामोड –४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । ९५ हजार ५ सय ७६ जना शेयर सदस्य रहेको संस्थाले पुस मसान्तसम्म १२ करोड ४७ लाख ६३ हजार ४ सय ३९ रुपैयाँ नाफा गर्न सफल भएको ,संस्थाको चुक्ता शेयरपुँजी १ अर्व ३ करोड ३६ लाख ८४ हजार ७ सय रुपैयाँ , निक्षेप आठ अर्व ३० करोड २५ लाख ९५ हजार तीन सय ४४ रुपैयाँ , ऋण लगानी आठ अर्व ५० करोड ७० लाख ८४ हजार दुई सय चार रुपैयाँ पुगेको छ ।

संस्थाले बैकिङ कारोवार, एनएमसी डेरी उद्योग, एनएमसी एकिकृत नमूना कृषि फर्म, एनएमसी सहकारी पसल र एनएमसी चिया उद्योगसहित ५ वटा व्यवसाय सञ्चालनमा ल्याएको अध्यक्ष उप्रेतीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा बिर्तामोड एकाइ समितिकी संयोजक पुन्नकुमारी घिमिरे, गरामनी कार्यालय अन्र्तगत एकाइ नम्बर १ का सदस्य डिल्लीराम चम्लागाई., बुट्टाबारी कार्यालय अन्र्तगत एकाइ नम्बर १ की संयोजक रुकमिना दाहाल, शैनिक बजार कार्यालय अन्र्तगत एकाइ नम्बर २ का संयोजक रत्नबहादुर बस्नेत, चारपाने कार्यालय अन्र्तगत एकाइ नम्बर ३ की संयोजक कविता पौड्याल, शैनिकमोड कार्यालय अन्र्तगत एकाइ नम्बर ३ का संयोजक गणेशप्रसाद सुवेदी महानन्द चौक कार्यालय अन्र्तगत एकाइ नम्बर १ का संयोजक रुद्रप्रसाद रेग्मीले आ–आफ्नो एकाइमा भएका समस्याका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा एकाइ संयोजक तथा सदस्यहरुले उठाएका जिज्ञासा र सुझावको बारेमा समेत अध्यक्ष उप्रेतीले प्रष्ट्याएका थिए ।
कार्यक्रममा सर्वउत्कृष्ट बन्न सफल महानन्द चौक कार्यालय अन्र्तगतकोे एकाइ नम्बर १ लाई सम्मान गरिएको थियो । उक्त सम्मान एकाइ नम्बर १ का संयोजक रुद्रप्रसाद रेग्मी, सदस्य सीताकुमारी घिसिङ , योगेन्द्र ढुंगेल, सदस्य सचिव सीता भट्टराईले ग्रहण गरेका थिए ।
कार्यक्रमको सञ्चालन क्षेत्रिय कार्यालय बिर्तामोडका कार्यालय प्रमुख होमनाथ मैनालीले गरेको एनएमसी सहकारी पसलका प्रशासनिक प्रमुख नवीन भण्डारीले जानकारी दिए ।






























