इन्टरनेट सेवा प्रदायक कम्पनीले लाखौ रकम ठगि गरेको आरोप

२९ माघ २०७७, बिहीबार मा प्रकाशित

पुजन घिमिरे,झापा ।

झापा र इलामका ग्रामिण क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दैै आएका कम्पनिले सर्वसाधारणलाई ठगि गर्दै आएको रहस्य खुलेको छ । बिभिन्न केवल नेटर्वक कम्पनीले इन्टरनेट सेवा वापत तोकिएको भन्दा तीन गुणा सम्म बढी रकम असुली गरी ठगि गरेको हो ।

गा्रमीण क्षेत्रका सर्वसाधारणको सोझोपनको फाइदा उठाउदै इन्टरनेट सेवा प्रदायक कम्पनीले लाखौ रकम ठगि गरेको पाइएको छ । झापाको मेचीनगर ६ दोकानडाँडामा कार्यालय रहेको इन्जा केवल नेटर्वक प्रालिले ब्रोडलिङ्क ब्राण्डको इन्टरनेट सेवा प्रदान गरेवापत बाहुण्डागी र इलामको रोङ क्षेत्रका करिब ७ सय ग्राहकबाट तोकिएकोभन्दा १० हजार रुपँयासम्म प्रति ग्राहक बढी रकम असुलेको पाइएको हो ।

कम्पनिले १० एमबिपिएस रफ्तारको इन्टरनेट जडान वापत ४५ सय रुपयाँको ठाउँमा १६ हजार पाचँ सय रुपँया सम्म असुलेको पाईएको छ । करिब सात सय इन्टरनेटको ग्राहक संख्या रहेको कम्पनीले दुइवर्ष अघिबाट ब्यक्तिपिच्छे मनपरी रकम असुलल्दै आएको छ ।

कम्पनीका संचालक महेन्द्र लावतीले सुरुमा जडान गर्दा लाग्ने ४ हजार पाँच सय रुपयाँकोे इन्टरनेटलाई १७ हजार पाँचसय रुपँया र मासिक ११ सय ३० रुपँयाको ठाउँमा १२ सय रुपया असुल गर्ने गरेको स्थानीय उपभोक्ताको भनाई छ । इलाम रोङ ६ सलकपुरका मनि स्याङबोले गएको असोजमा १० एमबिपिएस रफ्तारको इन्टरनेट जडान गरेवापत कम्पनीलाई १७ हजार पाचँ सय रुपया जडान खर्च र मासिक १२ सय रुपया दिएको बताए । त्यस्तै अर्का ग्राहक कुमार मोक्तानले समेत १६ हजार पाचँसय रुपया जडान र १२ सय रुपयाँ मासिक शुल्क तिर्दै आएको बताए ।

बाहुण्डागि र इलामको दक्षिणी क्षेत्रलाई दुइबर्ष अघिसम्म केवल सिग्नल मात्रै दिदै आएको कम्पनीले अहिले इन्टरनेट सेवा समेत प्रदान गदै आएको छ । तर दुर्गम ठाउँमा इन्टरनेट पुर्याएको बाहाना बनाएर कम्पनीले मनपरी रकम असुल गरेको उपभोत्ताहरुको भनाई छ ।

मेचीनगर १ बाहुण्डागीकी यसोदा दंगालले समेत १० एमबिपिएस रफ्तारको इन्टरनेट जोडेवापत २१ हजार रुपया तिरेको बताइन् । उनले आफूले वर्षभरीको रकम तिरिसकेको भएपनि महिनैपिच्छे कनेक्सन काटिने गरेको बताइन् । आफूले बार्षिक रुपमा तिरेको रकम केवल संचालक महेन्द्र लावतीले नै ब्यक्तिगत प्रयोग गरेकाले महिनैपिच्छे आफूले हैरान खेप्दै आएको बताइन् ।

त्यती मात्रै होइन वर्षभरीको लागि एकैपटक रकम जम्मा गरेका ग्राहकको समेत रकम असुलेर कम्पनीका संचालक लावती आफैले चलाएकाले हरेक महिनाको अन्तिममा इन्टरनेटको लाइन काटिने गरेको उनिहरुको भनाई छ । यस्तै कम्पनीले इन्टरनेट जडान वापत तिरेको रकमको कुनै पनि प्रकारको बिल नदिने गरेको उपभोक्ताको गुनासो छ ।
मेचीनगर १ बाहुण्डागीकी मान बहादुर पाण्डेले आफूले २३ हजार पाँचसय रुपया खर्च गरेर इन्टरनेट जडान गरेको बताए । उनले आफ्नो पनि महिनैपिच्छे कनेक्सन काटिने गरेको बताए । कम्पनीले आफ्नो ठगि धन्दा खुल्ने त्रासका कारण कसैलाई बिल दिने गरेको छैन ।

यता, इन्जा केवल नेटवर्क कम्पनीका संचालक महेन्द्र लावतीले आफूले गाउँ–गाउँमा इन्टरनेट सुबिधा पुर्याएकाले मनपरी रकम असुलेको बताए । उनले यस बिषयमा कसैको गुनासो भए फाइवरको तार उठाएर सेवा बन्द गर्ने धम्कि समेत दिएका छन् । लावतीले यो आफ्नो ब्यक्तिगत सम्पती भएको भन्दै मनपरी गर्न छुट रहेको दाबी गरे ।

बढ्दो माग र ग्रामिण क्षेत्रका स्थानीयको सोझोपनको फाइदा उठाउदै मनपरी रकम असुली ठगि गर्ने यस्ता कम्पनी उपर नियमनकारी निकायले समयमै नियमन गरी कार्वाही गर्न जरुरी छ । नत्र, सरकारबाट इन्टरनेट सेवा प्रवाहका निमित्त लिएको लाइसेन्सका कारण सोझा नागरिक दैनिक लुटिने छन् भने बैधानिक रुपमा ठगि गर्नेहरुको मनोवल झनै बढ्ने पक्का छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here