साहाराद्वारा सदस्यलाई बाख्रा पालन सम्वन्धि तालिम

0
556

उमानाथ भण्डारी
कमल ।

झापाको चारपानेमा मुख्य कार्यलय रहेको साहारा नेपालले बाख्रा पालन व्यवसाय गर्नै आएका आफ्ना सदस्यलाई क्षमता अभिवृद्धिको तालिम प्रदान गरेको छ ।

ईलामको चुलाचुली र दमक नगरपालिकामा रहेर व्यवसायीक रुपमा बाख्रा पालन गर्दै आएका सदस्यलाई तालिम प्रदानगरी उद्यमशिलाता बनाउने उद्येश्यले सदस्यलाई बाख्रा पालन सम्बन्धि तालिम प्रदानगरेको साहारा नेपाल दमक सेवा केन्द्रका प्रमुख डम्वर प्रधानले बताउनु भयो ।

तालिम बाट धेरै कुरा सिकियो हिजो आफ्नै तरिकाले बाख्रा पालन गर्दै थिए । चार वटा माउ वाख्राबाट सुरु गरेको व्यासाय अहिले ४० देखी ४५ वटा पुगेगाछन् । अव यसलाई बढाएर दुईसय देखी तिनसय सम्म पुर्याउने लक्ष्यमा रहेको ईलाम चुलाचुली ७ निवासी कृषक नैनाकला भट्टराई बताउनुहुन्छ ।

.हिजो जुन हिसाबले हामि बाख्रापलन गर्दै थियौं त्यो एक दमै गलत रहेछ । तलिम बाट धेरै कुरा सिक्ने अवसर मिल्यौ बाख्राका जात, आहारा व्यवस्थापन, खोप लगाएतका बारेमा जनाकारी भयो तालिमले हामि कृषकलाई उद्यमि बन्न ठुलो सहयोग पुग्नेछ । अब म आफ्नो व्यवसायलाई अझ राम्ररी चलाउन सक्छुभन्ने आत्मवल बढेको छ । यसकालागी आगामी दिनमा थप तालिमको आवश्यक पर्ने भएकोल त्यसतर्फ पनि सस्थाको ध्यान जान आवश्यक रहेको दमक २ निवासि कृषक नेत्रकुमार मगरको भनाई छ ।

सस्थामा आवद्ध बाख्रापालक कृषकलाई व्यवसायीक बनाउने उद्येश्यले यो तालिमको आयोजना गरिएको हो । सस्थाले ६ वटा जिल्लाका ५ हजार जनालाई तालिम दिई सकेको छ । सदस्यहरुको क्षमता अभिवृद्धि संगै व्यासायीक बनाउन सस्थालागी परेको साहारा नेपालका प्राविधिक विशेषज्ञ डाक्टर कम्लेश्वर भाटले बताउनु भयो ।

सस्थाले बाख्रा पालनका साथै कुखुरा पालनमा संलग्न व्यवसायीलाई समेत तालिम दिदै आएको छ । सदस्यले उत्पादन गरेको बस्तुको मुल्य श्रृङ्गखला लाई ध्यानदिदै गोठ देखी ओठ सम्म पुर्याउदा समेत विभिन्न कुरामा ध्यानदिनु पर्ने विषयमा समेत तालिमा प्रदान गरिएको सस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here