नयाँ शैक्षिक सत्र असारबाट सुरु गर्ने सरकारको तयारी

१ फाल्गुन २०७७, शनिबार मा प्रकाशित

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको नयाँ शैक्षिक सत्र १ असारबाट सुरु गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्वीकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो । वैशाख १ देखि सुरु हुने शैक्षिक सत्र कोरोना भाइरसको महामारीका कारण दुई महिनापछि धकेलिने भएको हो ।

यस्तै यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न पाउने भएको छ । गत वर्ष कोभिड–१९ का कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो ।

विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउन भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here