गजल
राम्रो काम ट्राफिक दाइ! सचेतना जगाउनु है !
अनावश्यक बज्ने ध्वनी सबैतिर हटाउनु है !
लाग शिक्षक पत्रकार सहयोगी बिगुल फुक्न
साथमा साथ काधमा हात सबैले लगाउनु है !
उच्छृङ्खल , मदिरा खाई साधन चलाउनेलाई
कडा गरी ट्राफिक दाइ! दुर्घटना भगाउनु है !
शिक्षित, सभ्य र बाध्यतामा परेकाहरूलाई नै
जथाभावी नरोकी सहयोगी हात बढाउनु है!
सपथ नै दायित्व हो हर्दम् जनताकै सुरक्षामा
खटी कार्य गर्दा पुरस्कार, धन्यवाद पाउनु है!
एक थुकी सुकी हजुर सयले थुकी नदी भन्छन्
ट्राफिक नियम मान्नलाई सबैले सघाउनु है !

तुलसा भट्टराई,
उदयपुर



























