नेपाली एकताको अनुपम उदाहरण

१९ फाल्गुन २०७०, सोमबार मा प्रकाशित

अनिश खालिङलाई एक पाकिस्तानीको हत्या अभियोगमा अबुधावीको अदालतले फाँसीको सजाय सुनाएको समाचार प्रकाशित भएपछि नेपालीहरुले उक्त फाँसीको बदला ब्लड मनी तिरे फाँसीको सजायबाट मुक्त हुने खबर पाएपछि झण्डै दुई महिनाभित्रमा एक करोडभन्दा बढी रकम संकलन गरेर अदालतलाई पठाउने तयारी गरेको खबरले नेपालीजनमा एकताको अनुपम उदाहरण प्रस्तुत भएको देखिएको छ । बैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुक गएका खालिङलाई के–कसरी यो भवितव्य आइलाग्यो त्यो त उनैले जानुन् तर यस घटनापछि फेसबुकको वालमा खालिङ बचाउने अभियान पेस्ट गरिएपछि विश्वभरीका नेपालीहरु एक जुट भएर खालिङ बचाउ अभियानमा लागेर ब्लडमनी वापतको रुपैयाँ जम्मा गर्न सक्षम भएको घटनाले नेपालीको एकता प्रदर्शनी गरेको छ ।
एकातिर अरब लगायतका केही देशहरुमा सामाजिक सञ्जाल फेसबुकलाई अश्लील र अनैतिक क्रियाकलापको कारण बन्दै गरेको देखाउँदै प्रतिबन्ध लगाइँदैछ भने अर्कातिर puफेसबुकमा पेस्ट गरिएको यो समाचारले विश्वभरीका नेपालीलाई एक्यबद्ध बनाउन ठूलो मद्दत गरेर सकारात्मक योगदान दिएको छ । सञ्चार सञ्जालको विकासले विश्व एक घर र एक परिवार अवधारणा विकसित गरिरहेको अहिलेको सन्दर्भमा फेसबुक नभएको भए खालिङको फाँसीको सजाय रोकिने थिएन् । उनले मृत्युवरण गर्नै पथ्र्यो । आर्थिक उपार्जनका लागि विदेशमा काम गर्न गएका नेपालीलाई बचाउने फेसबुक सञ्जालको यस पल्टको यो कार्य सह्राहनीय भएको मान्नुपर्छ ।
आधुनिक सञ्चार प्रविधिको विकासले विश्वलाई एउटै सुत्रमा बाँधिरहेकोले यसको सदुपयोग गर्नु नै सबैका लागि श्रेयस्कर हुनेछ । दुरुपयोग गरेर नकारात्मक प्रवृत्तिलाई प्रोत्साहन दिइनु हुँदैन । फेसबुकको समाचारले विश्वभरीका नेपालीलाई विदेशमा एउटा नेपालीमाथि परेको आपतका विरुद्ध एक जुट हुन जुन सहयोग पु¥यायो यसको जतिनै प्रशंसा गरेपनि कम हुन्छ । अझ ब्लडमनी तिरेर बाँकी रहेको रकम उनका जहान परिवारलाई दिइने योजना झनै स्वागत योग्य रहेको छ । नेपाली–नेपालीबीचको यो सौहार्दता विश्वकै लागि अनुपम र अनुकरणीय बनोस् । शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here