प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण

१८ फाल्गुन २०७०, आईतवार मा प्रकाशित

ेपालमा प्रधानमन्त्री भएपछि विदेश भ्रमणमा जानेले पहिलो पल्ट भारत नै जानुपर्छ भन्ने मान्यता क्रमशः घट्दै गएको छ । यसअघि पनि प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनासाथ चीनको भ्रमणमा गएका थिए । संविधान सभा संसदको दोस्रो निर्वाचन सम्पन्न भइसकेपछि भएका प्रधानमन्त्री सुशील कोइराला विदेश भ्रमणको क्रममा म्यानमार गएका छन् । म्यानमारमा भइरहेको तेस्रो बिमस्टेक (वे अफ बंगाल इनिसिएटिभ फर मल्टीसेक्टर टेक्निकल एण्ड इकोनोमिक को–अपरेशन) सम्मेलनमा भाग लिन आइतवार कोइराला त्यसतर्फ गएका हुन् ।  त्यही सम्मेलनमा उनको भारतीय समकक्षी डा. मनमोहन सिंहसँग करिब आधा घण्टा आपसी हितका कुराकानी हुने बताइएको छ ।
भारतका प्रधानमन्त्रीहरु नेपाल भ्रमणमा नआएको डेढ दशक वितिसक्दा बर्तमान प्रधानमन्त्री डा. सिंहलाई केही दिन अगाडि नेपाल भ्रमणको निम्तो दिएको थियो । र, उनले पनि आफ्नो कार्यकालको अन्तिम समयमा नेपाल आउने वचन दिएका थिए । अहिले म्यानमारमा हुन गइरहेको दुई पक्षीय भेटमा पुनः उनलाई नेपाल भ्रमणको निम्तो दिइने बताइएको छ । भारत र नेपाल युगौंदेखि अत्यन्त निकट सम्बन्ध रहेको मुलुक हुन् । यी दुई देशकाबीचमा सम्बन्धमा धमिलोपन आउने वित्तिकै दुबै देशलाई घाटा हुने त निश्चित नै छ । एकापसमा सम्बन्धको सुदृढीकरण गराउन दुई देशकाबीच उच्चस्तरीय भ्रमण, छलफल र विचार विमर्स भइरहनु आवश्यक पनि रहेको देखिन्छ ।
म्यानमारमा दुई सरकार प्रमुखहरुबीच आपसी हितका कुराहरुमा राम्रो समझदारी त हुन्छ नै भविष्यका लागि पनि नेपाल–भारत एकतामा असर नपर्ने गरी विकासका पूर्वाधारहरु तयार गर्ने काममा सहयोग प्राप्त हुनेछ भन्ने नेपाली पक्षले आशा गर्नु अन्यथा हुँदैन । यद्यपि नेपाल–भारतबीचमा समझदारी भन्दा पनि सरकारी स्तरमा के–के नमिलेजस्तो देखिन्छ । भारतले जहिल्यै आफ्नै मात्रै हितका कुराहरु सोचिरहन्छ भनिन्छ । त्यसैले नेपालमा शान्ति र स्थिरताभन्दा अशान्ति र अस्थिरता बढेको हो पनि भनिन्छ । भारतले नेपाललाई कहिल्यै पनि शत्रुवत व्यवहार गर्नु हुँदैन । नेपालमा शान्ति स्थापना हुनु भारतका लागि पनि हितकर नै छ ।
भूपरिवेष्ठित मुलुक नेपाल सदैव भारतको सकारात्मक सहयोगको अपेक्षा गर्दछ । भारत दक्षिण एशियामा शक्तिशाली राष्ट्रका रुपमा अघि बढिरहेको छ । त्यसैकारण भारतले आफ्ना छिमेकीहरुसँग राम्रो सम्बन्ध स्थापना गर्न सकेको खण्डमा उसकै उन्नति र प्रगतिमा सहयोग पुग्नेछ । र, छिमेकीहरुले पनि सकारात्मक उपलब्धी हासिल गर्नेछन् । ‘रोटी र वेटी’को सम्बन्ध रहेको भनिएको यी दुई देशबीच धर्म, संस्कृति र सभ्यतामा पनि समानता रहेको छ । त्यसैकारण भारतले नेपालसँग अत्यन्त सौहार्दपूर्ण सम्बन्ध राखिरहनुपर्छ भन्ने नेपालीको सोचाइ छ । नेपालका प्रधानमन्त्रीको प्रथम विदेश भ्रमण उपलब्धीपूर्ण बनोस् हाम्रो शुभकामना । pu

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here