नेकपा (माओवादी केन्द्र) झापा पार्टी कार्यालय पुर्नस्थापित

२८ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

झापा ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापामा जिल्ला पार्टी कार्यालय पुनःस्थापना गरेको छ । नेपाल कम्ष्युनिट पार्टी (नेकपा) पार्टी विभाजन भएपछि माओवादी केन्द्रले पनि झापामा जिल्ला पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो ।

बिर्तामोड–१ स्थित गौरीशंकर स्मृति प्रतिष्ठान रहेको भवनमै शुक्रवार जिल्ला पार्टी कार्यालय सञ्चालन गरेको हो । पार्टी कार्यालय सञ्चालन साथै पार्टीको साइन बोर्ड राखेर पार्टी कार्यालय औपचारिक उद्घाटन गरिएको छ ।

कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, पूर्णसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेको अखिल नेपाल ट्रेड युनियन प्रदेश इन्चार्ज भूपाल सापकोटाले जानकारी दिए ।

कार्यक्रममा माओवादी केन्द्र प्रदेश सदस्य रेवतराज पुरी (गगन), ज्योतीसिंह दर्लामी, विद्यार्थी नेता, युवा, मजदुरलगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन पूर्व झापा संयोजक मणिकुमार साम्पाङ (विजय) ले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here