तिव्र गति जीवन क्षति

0
1864

प्रदिप धमला ।

देशमा बढ्दो जनसंख्याको प्रभावले दिन प्रतिदिन सहरिकरण तथा सवारी साधनको माग बड्दो क्रममा रहेको छ । अब्यवस्थित बसोवास तथा सहरीकरणले सवारीसाधनमा आवत–जावत गर्न बढि सजकता अपनाउनु पर्ने भएको छ ।

जति जनसंख्या वृृृृद्धि हुँदै जान्छ ,त्यति नै सेवा सुविधा तथा विलासी वस्तुको माग वृद्धि हुँदै जान्छ । समयको प्रभावले होस या मानिसको अरुलाई देखाउने प्रवृत्ति सवारी साधनमा बढ्दो देखिन्छ । आजको दिनमा सवारी साधनमा पहुँच वृद्धि हुनु सकारात्मक पक्ष मान्न सकिन्छ तर उपयुक्त तालिमको अभाव तथा सवारी साधन अनुमति पत्रको अभावमा सवारी साधनमा पहुँच वढ्नाले खतराको स्थिति ल्याउन सक्छ ।

देशमा पछिल्लो समयमा भएका सवारी साधन दुर्घटनामा परी धेरै नेपाली दाजु भाई तथा दिदि बहिनीले आफ्नो ज्यान गुुमाउनु भएको छ । हिमाल , पहाड र तराईका धेरै ठाउँमा यस्तो दुर्घटनाले उग्ररुप लिईरहेको अवस्था छ जसबाट हामी सवै सचेत र सजक हुनु अतिआवश्यक छ । सवारी साधनबाट हुने सडक दुर्घटनालाई कम गर्न तथा अनुगमन गर्न सडकमा ट्राफिक प्रहरीहरु खटिएका हुुन्छन् ।

यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमती पत्र प्रदान गर्ने कार्य गरेको हुन्छ । तर पनि दिन प्रतिदिन सवारी दुर्घटना बढिरहेको छ । यसको अनुगमन भइरहेकै छ तर पनि दुर्घटनामा कमि भने आउन सकेको छैन । देशको पछिल्लो सवारी दुर्घटनाको स्थितिलाई हेदा ट्राफिक नियमको पालना नगर्ने र उपयुक्त सिप हासिल नगरी र सवारी चालक अनुमती पत्र सवारी साधन चलाउने बानिले गर्दा यस्तो दुर्घटनाको स्थिति आएको देख्न सकिन्छ । आम सवारी चालक तथा पैदल यात्रुहरुमा ट्राफिक नियम सम्वन्धि जनचेतनाको कमी देखिन्छ । रेडियो तथा टेलिभिजन र ट्राफिक प्रहरीबाट हुने गरेका ट्राफिक नियम सम्बन्धि जनचेतना हालको अवस्था मा कमी नै भएको देखिन्छ ।

यसलाई अझ व्यापक बनाउनु पर्ने आवश्यकता रहेको छ । जसरी संचार माध्यम तथा ट्राफिक प्रहरीवाट ट्राफिक नियमको जनचेतना जगाउने कार्य भएको छ । त्यसरी नै सम्पुर्ण सवारी चालक तथा पैदल यात्रुले यसको सहि पालना गर्नुपर्ने अति आवश्यक रहेको छ । हामी सम्पुर्ण सवारी चालकले मात्र सजकता अपनाएको खण्डमा पनि धेरै दुर्घटना कम गर्न सकिन्छ । आजको दिनमा तिव्र गतिले सवारी साधन चलाउने वानीले गर्दा हामी आफ्नो अमूल्य जीवन लाई गुमाउन विवस छौ ।

हामी सवै आ–आफ्नो काम गछौ, कामको सिलसिलामा सवारी साधन लिएर जान्छौ । कुनै समय ढिलो हुन सक्छ , जसले गर्दा हामी जोखिम मोलेर तिव्र गतिमा सवारी चलाउँछौ । बाटोमा ट्राफिक प्रहरी छैन भने हामी ट्राफिक नियमको उल्लङघन गर्न पछि पर्दैनौ र जसले गर्दा हामी दुर्घटनाको सिकार बन्दछौ । हामी घर बाटै हिड्दा अलि छिटो हिड्न सक्छौ ।

जसले सवारी साधनको गति कम गरेरै कार्यक्षेत्रमा सुरक्षितसंग पुग्न सकिन्छ । ट्राफिक नियमको उल्लघंन गर्दा आफु लाई ठुलो मान्छे मान्ने प्रवृति बढ्दो छ । याद गरौं दुर्घटनाको पिडा अरुलाई नभएर स्वयम आफूलाई हुन्छ तर्सथ सदैव ट्राफिक नियमको पालना गरौ, तिव्र गतिमा सवारी नचलाउ आफू पनि बचौ र अरुलाई पनि बचाऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here