रोङ कप फुटबल प्रतियोगिता सुरु

0
1491

गणेश अर्याल /इलम,

इलामको रोङ गाउपालिकामा सोमबारबाट रोङ कप फुटबल प्रतियोगिता सुरु भएको छ । गाउपालिका अध्यक्ष सम्सेर राईले एक कार्यक्रमका बिच खेल निर्णयकहरुलाइ जर्सी बितरण गरी सुरुवात गरेका छन् ।

यसैबिच गाउपालिका अध्यक्ष राईले खेलाडीहरुले कडा मेहनत र अनुशासनलाई बिर्षन नहुने बताएका छन् । धेरै राम्रा राम्रा खेलाडीहरुपनि अनुशासनको कारण खेल जीवन नै समाप्त भएको कतिपय अवस्था रहेको उदाहरण सुनाउदै अध्यक्ष राईले गाउपालिकाले खेलकुदको बिकासको लागि पूर्वाधार सगै खेलाडीहरुको खेल बिकासको काम गरिरहेको बताए ।

त्यसैगरी प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला फूटबल संघ इलामका उपाध्यक्ष मणि गुरुङले प्रतियोगिता मात्रै नभएर खेलाडीको छनौट र बिकासमा समेत सहयोग पूग्ने हुनाले खेल सभ्य र भब्य सम्पन्न हुने बताए । खेलाडीको बृध्दिबिकास र पूर्वाधारमा ध्यान दिएकोमा जिल्ला फूटबल संघ इलामका उपाध्यक्ष गुरुङले रोङ गाउपालिकालाई धन्यबाद दिए ।

कार्यक्रममा सम्बोधनगर्ने क्रममा सितोरियो करातेका अन्तराष्टिय प्रशिक्षक योगेश चाम्लिङले खेलाडी र आयोजकलाई खेल आयोजनाको लागि धन्यबाद दिदै अन्तराष्टिय स्तरका खेलाडी उत्पादन हुन सक्ने भएकाले खेलाडीहरुलाई शुभकामना दिए । उदघाटन खेलमा बिभिन्न वडाका जनप्रतिनिधिहरु, खेलप्रेमी, खेलाडी तथा स्थानीय बासीको उपस्थिति रहेको थियो । बिजय राईको सञ्चालन बिर्ख शुब्बाको स्वागत रहेको कार्यक्रम रोङ ५ का वडा अध्यक्ष युवराज खाप्तुवा राईको सभापतित्वमा भएको थियो ।

सोमबार भएको पहिलो दिनको खेलमा रोङ ३ लाइ १÷० अन्तरले पछि पार्दै रोङ १ अघिल्लो चरणमा प्रबेश गरेको छ । त्यसैगरी सोमबारकै भएको अर्को दोश्रो खेल रोङ २ र रोङ ४ बिच भएकोमा २÷२ गोल भइ बराबरीमा सकिएको छ । लिक कम नकाउटको आधारमा सञ्चालन हुने पुरुष टिमको प्रतियोगितामा गाउपालिकाका ६ वटै वडा बाट १÷१ वटा टिमको सहभागिता रहने प्रतियोगिता रोङ गाउपालिका ५ को नाखोपा स्थीत उमामहेश्वर माध्यमिक बिद्यालयको खेल मैलानमा सञ्चालन भइरहेको छ । मंगलबार रोङ १ र रोङ ५ बिच पहिलो खेल र रोङ २ र रोङ ६ बिच दोश्रो खेल सञ्चालन हुने आयोजक समितिका सम्योजक खाप्तुवा राईले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here