जलेर तीन बर्षीय बालकको मृत्यु

0
1247

उदयपुर।

उदयपुरको कटारी नगरपालिका–१० का सुजन थापाको ३ बर्षीय छोरा अरबिन्द्र थापाको आगोले जलेर मृत्यु भएको छ ।

घर निजकै रहेको परालको कुन्युमा अचानक आगलागी भई उक्त आगलागीबाट घरमा समेत आगो सल्कदा घर भित्र रहेका बालकको आगोले जलेर मृत्यु भएको हो ।

आगलागीबाट थापाको २ तले कच्ची घर सहित घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद एक लाख ५० हजार, घर नजिकै रहेको मतान घर, बाख्राको गोठ र २ वटा बाख्राको पाठा समेत जलेर नष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

आगलागीबाट छिमेकी प्रकाश थापाको घरमा समेत आगलागी भई जलेर नष्ट हुँदा उनको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद एक लाख ५० हजार, सुन–चाँदी, घर नजिकै रहेको मतान घर, दुई वटा बाख्राको पाठा र भैसीको पाडो समेत जलेर नष्ट हुँदा अन्दाजी २८ लाख बराबरको क्षति भएको छ । त्यस्तै मेखबहादुर थापाको घर पुर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी प्रहरी र स्थानीयवासीको सहयोग आइतबार राती साढे ९ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here