मोरङ।

मोरङको कटहरी गाउँपालिका–३ मा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
आईतवार बेलुका साँढे ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले साईकलमा यात्रा गरीरहेका कटहरी गाउँपालिका–२ का ३६ बर्षीय बच्चु डुमलाई ठक्कर दिँदा घाईते भएका डुमको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
साईकललाई ठक्कर दिने टिपर तथा चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






























