चिल्ड्रेन इन्भारोमेन्ट स्कूल एसीएसआइको सदस्य

0
1458

बिर्तामोड ।

झापाको बिर्तामोड–१ स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलले एशोसिएसन अफ क्रिस्चियन स्कूल इन्टरनेशनल (एसीएसआइ) को सदस्यता प्राप्त गरेको छ ।

 

अमेरिकाको कोलराडोमा मुख्य कार्यालय रहेको एसीएसआइमा विश्वका एक सय आठ वटा देशका २६ हजार स्कूल र ७६ वटा युनिभर्सिटी आवद्ध रहेको र तीनीहरु मध्ये नेपालको तर्फबाट पहिलोपटक बिर्तामोड–१ स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलले एसीएसआइको सदस्यता प्राप्त गरेको विद्यालयका संस्थापक प्रिन्सिपल सन्तोष सुब्बाले बताए ।

एसीएसआइको सदस्यता प्राप्त गरेपछि चिल्ड्रेन इन्भारोमेन्ट स्कूलमा अध्ययन गरेका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि एसीएसआइको सदस्यता प्राप्त विश्वका एक सय आठ वटा देशका २६ हजार स्कूल र ७६ वटा युनिभर्सिटीमा भर्ना हुन सक्ने उनले जानकारी दिए ।

एसीएसआइको सदस्यता प्राप्त स्कूल र युनिभर्सिटी र चिल्ड्रेन इन्भारोमेन्ट स्कूलबीच शैक्षिक सामग्री आदानप्रदान ,साँस्कृतिक गतिविधी आदानप्रदान , विद्यार्थी – विद्यार्थीबीच आदानप्रदान , शिक्षक विद्यार्थीलाई तालिम लगायत प्रदान गर्ने उनले बताए ।

चिल्ड्रेन इन्भारोमेन्ट स्कूलले आफ्ना शिक्षक तथा विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक गतिविधीमा सरिक गराई क्षमतावान बनाउन एसीएसआइमा आवद्ध भएको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here