बिर्तामोड ।

राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर परिषद् झापाले जग्गा धनीपूर्जाका लागि निःशुल्क लगत फारम भर्न माग गरेको छ ।
अर्जुनधारामा सुकुम्बासी, भूमिहीन अव्यवस्थित बसोबासीका लागि लगत फारम भर्ने काम धमाधम भइरहेको र पाँच कठ्ठा १६ धुरमुनिका जग्गाको लगत फारम भर्ने बिधि अनुसार रातो फारममा निःशुल्क फारम भर्ने नीति हुँदा हुँदै जबरजस्ती धुरको २५ रुपैयाँका दरले सेतो फारम भराएको भन्दै यसलाई सच्याउन पार्टीले अनुरोध गरेको छ ।
पार्टीका अर्जुनधारा नगर परिषद अध्यक्ष राज खम्बूले विज्ञप्ति जारी गर्दै ऐलानी जग्गामा चर्को राजश्व कार्यले सर्वसाधारण जनता मारमा परेको भन्दै चर्को राजश्व उठाउने कार्य बन्द गरी निःशुल्क रुपमा फारम भराउन माग गरेका छन् ।






























