एक सय २० युवालाई बीऊपूँजी सहयोग

३१ चैत्र २०७७, मंगलवार मा प्रकाशित

विमल दहाल, माई इलाम ।

इलामको माईनगरपालिकाका एक सय २० जना युवाहरुले व्यवसाय सञ्चालनका लागि बीऊपूँजी सहयोग गरिएको छ ।

दुईचरणमा गरिएको सहयोगमा उनीहरुलाई १५ लाख रुपैंया सहयोग गरिएको हो । जीविकोपार्जनका लागि सुरक्षित आप्रवानि र स्व–उद्यमशिलता सम्बन्धी युवा सशक्तिकरण समूहको क्षमता विकास र परिचालन मार्फत बेचविखनबिरुद्ध अभियान कार्यक्रम अन्तरगत उनीहरु सीप विकास तालिम लिई ब्यबसाय सञ्चालनका लागि जनही १२ हजार ४ सय ८५ का दरले नगद सहयोग गरिएको हो ।

स्थानीय स्तरको स्रोत परिचालन मार्फत जीबिकोपार्जन सहयोग गर्दै ब्यवसायिक कृषिलाई प्रवद्र्धन गर्न नगरस्तरीय युवा सशक्तिकरण सञ्जालमा आवद्ध युवाहरुलाई माईनगरले सोमबार ६० जनालाई सात लाख ४९ हजार र एक हप्ता अघि एडब्लुओ र मानब अधिकार मञ्च नेपाल इलामले ६० जनालाई सोही बराबरको बीऊपूँजी रकम अनुदान सहयोग गरेको हो ।

माई नगरपालिकाको समन्वयमा एडब्लुओ र मानब अधिकार मञ्च नेपाल इलाम मुख्य साझेदार रहेको कार्यक्रममा ब्यबसायिक तालिम लिई सिप प्राप्त गरेका युवाहरुलाई सहयोग प्रदान गरेको हो । बीऊ अनुदान सहयोग कार्यक्रममा माईका मेयर दिपक कुमार थेबे र उपमेयर बिष्णुमाया आचार्यले सहभागीलाई नगद हस्तान्तरण गर्नुभएको प्रशासन शाखा प्रमुख नविन कुमार पौड्यालले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here