वीरता जेसीजको भित्तेपात्रो सार्वजनिक

७ बैशाख २०७८, मंगलवार मा प्रकाशित

बिर्तामोड ।

वीरता जेसीजद्वारा प्रकाशित भित्तपात्रो बिमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम मंगलबार बिर्तामोडमा सम्पन्न भएको छ ।

वीरता जेसीजको सचिवालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा जेसीजका पूर्व अध्यक्ष एकराज गिरीसहित अतिथिहरुले सामुहिक रुपमा भित्तेपात्रो विमोचन गरेका थिए ।

वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक जीवनकुमार खड्काले स्वागत तथा आस्था वाचन सुरज चौधरीले गरेका थिए ।

प्रमुख अतिथि गिरी, निवर्तमान अध्यक्ष मिजास पोखरेलले शुभकामना मन्तव्य राखेको कार्यक्रममा धन्यवाद ज्ञापन वीरता जेसीजका कोषाध्यक्ष दिवाकर प्रसाईले गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव लोक चन्द्र श्रेष्ठ (एलसी)ले गरेको कार्यालय सचिव सञ्जय राजवंशीले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here