इक्यान झापाद्वारा प्रहरी निरीक्षक जवेगूको बिदाई

७ बैशाख २०७८, मंगलवार मा प्रकाशित
  • 509
  •  
  •  
  •  
  •  
  •  
    509
    Shares

बिर्तामोड ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश जवेगूलाई इक्यान झापाले मंगलबार एक कार्यक्रमका बीच बिदाई गरेको छ ।

शैक्षिक परामर्श संघ (इक्यान) झापाका अध्यक्ष समुन शर्मा जम्मरकट्टेलले झापामा रहदाँ ट्राफिक ब्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । प्रहरी निरीक्षक जवेगूले १४ महिना झापा बसाईको क्रममा गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगतिको कामना गरिएको थियो ।

कार्यक्रममा इक्यान झापाका सचिव मदन बुढाथोकी, सल्लाहकार खड्ग ताम्लिङ लिम्बू, सदस्य अग्नी प्रसाई, इक्यान झापाका प्रेस संयोजक नरेन्द्र ढकाल, सूर्योदय टेलिभिजनका देवी गौतम लगायतले विदाई भएर जान लागेका प्रहरी निरीक्षक जवेगूलाई सफलताको कामना गरेका थिए । उनलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गर्दै विदाई गरिएको हो ।

झापाको ट्राफिक ब्यवस्थापनमा सक्रिय रुपमा लागेका जवेगूले कोरोनाको संक्रमणको समयमा सक्रिय रुपमा काम गरेका थिए । उनको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंमा सरुवा भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here