पसलमा मूल्यसूचि राख्दैनन् व्यापारी

0
798

झापा, विर्तामोड उद्योग वाणिज्य संघले शनिबार गरेको बजार अनुगमनका क्रममा अधिकांश व्यापारीले आफ्नो पसलमा मूल्यसूचि नराखेको पाइएको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणकाकारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच उपभोक्तालाई ध्यानमा राख्दै संघले खाद्यन्नका पसल तथा कृषिथोक बजारमा अनुगमन गर्दा यस्तो पाइएको हो ।


उद्योग वाणिज्य संघ विर्तामोडका महासचिव अर्जुनकुमार मैनालीको नेतृत्वमा बिर्तामोड नगरपालिका १ का वडाध्यक्ष अग्निपाण्डे,इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्य,जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाई, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुव्वा,बिर्तामोड उद्योग वाणिज्य संघका सचिव कृष्ण पौडेल,कोषाध्यक्ष दिपेन्द्र राउत,सहकोषाध्यक्ष राधिका चुडाल हुमागाई,सदस्य गुञ्जन प्रसाईलगायतको टोलीले गरेको अनुगमनमा अधिकांश पसलमा मूल्यसूची नराखेको भेटिएको थियो ।

संकटको अवस्थामा व्यापारीहरुले जथाभावी मूल्य लिएको र महंगी बढेको भन्दै उपभोक्ताहरुले गुनासो गर्न थालेपछि अनुगमन गरिएको हो । अनुगमनमा खाद्यन्न,तरकारी लगायतका वस्तुमा मूल्यवृद्धि भएको नपाईएको महासचिव मैनालीले बताएका छन् ।

बढी मूल्य लिने,मूल्य सूची नराख्ने,गुणस्तरीय बस्तु विक्री वितरण नगरी उपभोक्ता ठग्ने जस्ता कुनै पनि कार्य नगर्न व्यापारीहरुलाई सचेत गराएको मैनालीले ताएका छन् । निषेधाज्ञा जारी भएपनि तरकारीसमेत कुनै प्रकारको मूल्यवृद्धि नभएको व्यापारीको भनाई छ ।

अनुगमनको क्रममा सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना भए नभएको समेत ख्याल गरिएको थियो ।सम्वन्धित निकायले बजार अनुगमनलाई प्राथमिकतामा राख्न जरुरी छ । जसकारण विभिन्न वहानामा हुने मुल्यवद्वी तथा कालोबजारीलाई निराकरण गर्न सहयोग पुग्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here