विधार्थीलाई मन पर्ने क्विज अर्थात हाजिरीजवाफ

0
1427

देवी गौतम,

अक्सर बिधार्थी त्यो पनि माध्यमिक तथा स्नातक तह अध्ययनरत धेरैलाई क्विज याने कि हाजिरीजवाफ बारम्बार सोधिने र खोजिने बिषयबस्तु हुन्। चाहे त्यो भबिष्यमा लोकसेवा आयोगको तयारीको रुपमा होस् या अन्य सरकारी, गैर सरकारी, बैकिङ्ग, सहकारी या सामान्य ज्ञानको दायरा बढाउने उद्देश्यले नै किन नहोस आजका टीन एजेर्स लाइ बढी चासो लाग्छ यसमा सहभागी हुन्। इन्टरनेटको पछिल्लो विकासक्रमले यसको क्रेज झन् बढेको हामी सहजै अनुमान लगाउन सक्छौ । फेसबुकको स्टोरी होस् या टाइमलाइन, युटुबका लिंक हुन् या टिकटकमा आइरहने चटपटे प्रश्न आजकाल जुनसुकै तवरका प्रश्न र उत्तरले बिधार्थीमा जिज्ञाशापन बढाई रहेको हुन्छ ।

सूर्योदय टेलिभिजनले बिगत पाँच बर्ष देखि बिधार्थीको यहि चासोको बिषयलाइ समातेर सूर्योदय क्वीज प्रतियोगिता प्रदेश नम्बर १ मा भएका अधिकांश माध्यमिक र स्नातक तह पढाई हुने बिधालय र कलेजको सहभागितामा गर्दै आइ रहेको छ। टेलिभिजन बाट यस्ता कार्यक्रम उत्पादनरप्रशारण गर्न पाउदा हामी पनि उत्साहित भएका छौ। यस्ता कार्यक्रम निर्माण गर्न अलिक झन्झटिला चै हुने गर्छन। नेपालका अधिकांश टेलिभिजन टक शो मा रमाई रहदा हामीले भिन्न कार्यक्रमको जोखिम पनि लिएका हौ। जोखिम यस अर्थमा कि यसमा कार्यक्रमको पूर्व तयारी, बिधालय र कलेजले बिधार्थी छनौट गर्ने तरिका, प्रश्नका कटेगोरी, छायन्कन बिधि र पोस्ट प्रोडक्सन कार्य अन्य टेलिभिजन कार्यक्रम भन्दा बिल्कुल फरक र झन्झटिला हुने गर्दछन।

क्वीजका पनि आफ्नो मेथोड़ोलोजी हुने गर्छन। जस्तो समसामयिक, इतिहास, भूगोल, राजनीति, बिज्ञान र प्रबिधि, धर्म, संस्कृति, परम्परा, भाषा, साहित्य र भनाइहरु क्वीज प्रतियोगिताको मेरुदण्ड नै हुन्। तर हामीले यसमा नौलो प्रयोग गर्यौ जस्तो गाउँ खाने कथा र अडियो, भिडिओ र सामाजिक संजाल जस्ता केटोगोरी राखेर। कतिपय विद्वानवर्गबाट हामीले थपेका पछिल्ला दुइ राउण्ड नराख्न सुझाब पनि नदिएका होइनन। तर नितान्त हामीले टेलिभिजन कार्यक्रममा त्यसमाथि मनोरन्जनात्मक सेग्मेंट आवस्यक भएको महशुस गर्यौ, जसले यो कार्यक्रमको गरिमा ह्वात्तै बढाई दियो।

१७ बर्ष देखि २४ बर्ष उमेर समुह याने कि माध्यमिक र स्नातक तह अध्ययनरत बिधार्थी हाम्रो रोजाइमा किन परे या यो उमेरबयलाइ हामीले किन छनौट गर्यौ भन्ने अहम प्रश्न यहाँ रहन्छ। यिनै उमेरबयका बिधार्थी हुन् भोलि यो देश हाक्ने समुह जो अहिले अध्ययनरत छ। भोलिको टप लिडर, टप म्यानेजर, टप खेलाडी, कलाकार, पत्रकार, सामाजिक अभियन्ता भनेकै आजका बिधार्थी हुन्। हामी उनीहरुसग प्रश्न सोध्ने मात्र हैन बिभिन्न बिषयमा छलफल नि गर्छौ। आजको खासखास जल्दोबल्दो के कुराले युवालाई आकर्षित गरिरहेको छ हामी प्राय उनीहरुको मनको कुरा आमदर्शक समक्ष प्रस्तुतु गर्दै आइरहेका छौ। त्यसो त पुरानो पुस्ता जस्तो आजको पुस्ता छैन। उ फरक ढंगले विश्व चियाउन सक्ने भएको छ। उल्था गरिएको मार्क्सबाद हैन सोझै फर्स्ट ह्यान्ड इन्फर्मसनमा आधारित मार्क्सिस्म अध्ययन गर्ने जमात हो आजको यो पुस्ता।

हामीले गाउँ खाने कथा अन्तर्गतका धेरै प्रश्न हाम्रो आफ्नै रुढिबादी परम्परा, उखान टुक्का, बैदिक श्लोक र चलनचल्तीका बिसयबस्तुलाई मध्यनजर राखेर बनाउने प्रयास रहन्छ। यसै प्रसंगमा हामीले एउटा प्रश्न सामाजिक संजाल टिकटक र फेसबुकमा एकैपटक राख्यौ। जहाँ हामीले सयौ होइन हजारौ उत्तर दर्शकबाट आए, धेरै फोन कल र मेसेज आए। प्रश्न हामीले हाम्रै वरपर पाईने देखिरहेको बिषयबस्तुमा बनाएका थियौ। प्रश्न यसप्रकारको थियो, ‘दुलाहा गयो दुलही लिन जन्ती गए किन, बाउ बिनाको छोरो जन्मियो आम़ा नभएको दिन के हो ?’

धेरै दर्शकले नेपाली राजनीतिका विभिन्न पात्र हुन् सक्छन भन्ने जवाफ दिए, सायद यो आलंकारिक प्रश्न हो भन्ने ठम्याई हुन् सक्थ्यो कतिपय दर्शकको। तर यो प्रश्न, हामीले थोरै यौनिकता सग दाजेर सहभागी विधार्थीलाई इटहरी राउन्डमा राखेका थियौ। बास्तबमा यसको सहि उत्तर कमलकोठी भन्ने किरा थियो। कमलकोठी नै सहि उत्तर हो। कमलकोठीले के गर्छ भने रानो मौरीलाइ आफ्नो माटोको गुडमा ल्याउछ र थुन्छ, रानो जता गयो तिनका साना माहुरी जन्ती जसरि पछि लाग्छन अन्तमा रानो माहुरी लाइ नै कमलकोठी बनाई छाड्छ। कोमल कोटि को रुप मा परिवर्तन हुन्छ आमा बिना जन्म लिन्छ । कौतुहल लाग्ने कतिपय बिषय, प्रश्नमै समाविष्ट कतिपय उत्तर, कतिपय गम्भीर र ठट्यौली प्रश्न उत्तरले यस कार्यक्रम उत्पादनमा रोमान्चकता थप्दै आइरहेका छन्।

(गौतम सूर्योदय टेलिभिजनका कार्यक्रम प्रमुख समेत हुनहुन्छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here