दुहागढी ।

निशेधाज्ञाका कारण खाद्यान्न अभाव भएका झापा मेचीनगर १४ दुहागढीका विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ ।
दुहागढीका अग्रज समाजसेवी स्वर्गीय विष्णुकुमार कार्कीका छोरी ज्वाइँ भारत सिलिगुडी निवासी सुनिता खड्का र प्रकाश खड्काले आफ्नी दिवंगत आमा चन्द्रिका खड्काको स्मृतिमा खाद्य सामग्री वितरण गरेका हुन् ।
१६ परिवारलाई प्रति परिवार ३० केजी चामल, दाल, तेल, नुन लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरिएको जनाइएको छ ।
दाताका स्थानीय आफन्त कमला कार्की मार्फत् ती सामग्रीहरु परिवारजनलाई वितरण गरिएको थियो ।






























