माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जना मृत्यु

0
879

झापा,

माछा पालनको पोखरीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ निवासी ४० वर्षीय माइकल सोरोने रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सोरोने अर्जुनधारा नगरपालिकाका मेयर हरि रानामगरको घरमा काम गर्थें। सोरोने सोमबार बिहान ५:४५ बजेको समयमा मेयरको घरनजिकै रहेको माछा पोखरीमा माछा मार्न गएका थिए। माछा मार्ने क्रममा पोखरीमा डुबेर उनी बेपत्ता भएका थिए।

बेपत्ता भएका उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेश कुमार पाण्डेको नेतृत्वमा २० सशस्त्र प्रहरी, प्रहरी कार्यालय झापाका सई खडग गिरीको नेतृत्वमा २० प्रहरी र नेपाली सेना श्री नाथ गण चारआलीका क्याप्टेन प्रशान्त केसीको नेतृत्वमा १८ सेनाको सयुक्त्त टोलीले खोजी गरेका थिए।

खोज्ने क्रममा बिहान १० बजे उनको शव फेला परेको सशस्त्रका एसपी पाण्डेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here