आज बस्ने भनिएको कांग्रेस बैठक स्थगित

0
821

काठमाण्डौं ।

नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक स्थगित भएको छ । क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफलका लागि आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको थियो ।

नेताहरूको व्यस्तताका कारण बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अहिले कांग्रेसमा क्रियाशील सदस्यता छानविन मापदण्डको विषयमा विवाद देखिएको छ ।

क्रियाशील सदस्य उपर परेको उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यको नयाँ र नवीकरणको सूची असार २० गतेसम्म सभापतिलाई पेश गर्ने महाधिवेशन कार्यतालिका छ ।

केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको समितिले क्रियाशील सदस्यको सूचीको छानविन गरिरहेको छ । सूचीमा सभापतिले हस्ताक्षर गरी निर्वाचन समितिलाई बुझाउने अवधी असार ३० गतेसम्म तोकिएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुँदैछ । महाधिवेशन मिति आउन २ महिना मात्र बाँकी रहेको समयमा कांग्रेसले क्रियाशील सदस्यताको विवाद टुंगाउन सकेको छैन ।
कांग्रेसको गाउँ नगर वडा अधिवेशन साउनको १२ गतेदेखि शुरू हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here