मोरङ।
मोरङको बिराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ बर्षीय साजन सिंहले ४२ बर्षिय दाजु भोला सिंहको घारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
शुक्रबारराती साढे १० बजे मादक पदार्थ सेवन गरि एक्कासी दाजुलाई घारीलो हतियारले प्रहार गर्दा घाईते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटनामा संग्लग्न रहेका साजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।