गजल

२७ असार २०७८, आईतवार मा प्रकाशित

कोसिस घिमिरे,

सामना गर्नुछ कयौं खतराहरुसँग
मित्रतामा छु अचेल भमराहरुसँग

भयवित भनिन कैले यस कारणले
मलाइ प्यारो लाग्छ झटाराहरुसँग

मान्छे बन्न सफल भएन भने मान्छे
दोष गुरुसँग या कखराहरुसँग

मुटुमा राखेर आँखाबाट झारी दिन्छन्
अब संगत गर्दिन विचाराहरुसँग

कोठा मै चर्पी बनेपछि अपरिचित भो
ऊ बरन्डामै रहने कोपराहरुसँग

बिर्तामोड– ३, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here