माईमा अपाङ्गता भएका ब्याक्तिलाई सहायक सामग्री

0
1597

विमल दहाल, माई ।


इलामको माई नगरपालिकामा शुक्रबार एक कार्यक्रमका बीच ५४ जना अपाङ्गता भएका ब्याक्तिलाई सहायक सामग्री बितरण गरिएको छ ।

हेरचाहाका लागि उत्प्रेरण कार्यक्रम अन्र्तगत माई नगरपालिकाको आयोजनामा सहायक सामग्रीको बितरण गरिएको जनाइएको छ । अपाङ्गता भएका माई नगर भित्रका ११ जनालाई व्हील चियर, तीन जनालाई बैशाखी, १६ जनालाई श्रवण यन्त्र, ११ जनालाई टुवाईलेट चियर, दुई जनालाई वाकर, दुई जनालाई सेतो छडी र आठ जनालाई वाकिङ्ग छडी प्रदान गरिएको स्वास्थ्यशाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो ।

नगर स्तरीय अपाङ्गता समन्वय समितिको संयोजक तथा माईका उपमेयर बिष्णुमाया रिमाल आचार्यको अध्यक्षता र माईका मेयर दिपककुमार थेबेको प्रमुख आतिथ्यमासम्पन्न सहायक सामग्री बितरण कार्यक्रममा विगत चार बर्षदेखि माई नगरमा अपाङ्गता भएका ब्याक्तिहरुलाई सहायक सामग्री बितरण लगायत बिभिन्न सहयोग प्रदान गदै आएको बताईएको छ ।

माई नगरपालिकाले अवका दिनमा अपाङ्गता भएका ब्याक्तिहरुका लागि स्वास्थ्यविमा कार्यक्रम, घरघरमा सिबिआरएफ मार्फत थेरापी कार्यक्रम, सिप विकास तालिम, आयआर्जन सहयोग, शैक्षिक सामाग्री सहयोग, उद्यमशिलता प्रोत्साहान सहयोग, सहायक सामाग्री बितरण लगायतका कार्यमा निरन्तर सहयोग गर्ने मेयर थेबेले बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासनिक अधिकृत बिष्णुकुमार थेगुवा, नगर स्तरीय अपाङ्गता स्वावलम्बन समितिका अध्यक्ष यदुनाथ दुलाल, स्वास्थ्य संयोजक पुष्कर कट्टेल, मेडिकल अधिकृत रामकृष्ण आचार्य लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख नविनकुमार पौड्यालले गर्नुभएकोे जनाईएको छ।

यता शुक्रबार नै माई नगर अस्पताललाई ५ लाख मुल्य बराबरको भिडियो एक्सरे मेसिन सानिमा माई हाईड्रोपाबर लिमिटेड माईले प्रदान गरेको छ । माईका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने गरि माईका मेयर दिपक कुमार थेबेलाई सानिमाले मेसिन प्रदान गरेको सानिमा माई हाइड्रोपावरका दलबहादुर मगरले जानकारी दिनुभयो ।

र्भखरै सन्चालनमा आएको १५ वेडको नगर अस्पताललाई भिडियो एक्सरे मेसिन प्रदान गरेपछि मेयर थेबेले सानिमालाई धन्यवाद प्रदान गर्दै माई लगायत दक्षिणी ईलामका नागरिकले गाँउ घरमै सहज स्वास्थ्य सेवा पाउन सक्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here