वेश्यावृत्तिदेखि भारतीय अतिक्रमण विरुद्ध भण्डाफोर गर्ने–नेकपा

0
631

बिर्तामोड। 

नेपाल कम्युनिस्ट पार्टी इलामले वेश्यावृत्ति, लागूऔषध, र्दुव्यशनी, जुवातास, जाडरक्सी तथा सामाजिक कु–संस्कार विरुद्ध जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

दुई दिनसम्म इलाममा भएको नेपाल कम्युनिस्ट पार्टीको बैठकले भारतले अतिक्रमण गरेको भू–भाग विरुद्ध जनतालाई संर्घषमा उतार्न पहल गर्नुका साथै सिमाक्षेत्रको सुरक्षाका निम्ति प्रशासान, सबै राजनीतिक दल र आम नागरिकसंग सहकार्य गरेर संर्घषमा उत्र्ने निर्णय भएको नेपाल कम्युनिस्ट पार्टी इलामका इन्चार्ज सुमनसिंह पौडेलले जानकारी दिए ।

बैठकले राष्ट्र र जनसरोकारका विषयहरुमा विभिन्न महत्वपूर्ण पन्ध्रवटा निर्णयहरु शुक्रवार पत्रकार महासंघ इलामको सभाहलमा पत्रकार सम्मेलन गर्दै सार्वजानिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै पार्टिका केन्द्रीय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहले आफ्नो पार्टी जनताका प्रस्तावहरुको इमान्दारपुर्वक नेतृत्वगर्दै यतिबेला जनताको बीचमा आएको बताए ।

आफ्नो पार्टी बिचार, राजनीति, इमानदार नेतृत्व र बलिदानी भावमा माथि भएका कारण सबै भन्दा शक्तिशाली रहेको उनले बताए । जनमतसंग्रह मार्फत सामाजिक ब्यवस्था बैज्ञानिक समाजवाद हुने कि संसदिय पुंजिवाद फैसला गर्न सबै पक्ष तयार हुनु पर्ने अन्यथा जनमत जस्तो जनताको अधिकारलाइ खोसिन्छ भने सामाजिक आवश्यकताले जनमत लाई जनबिद्रोहमा परिणत गर्ने र बिद्रोहको नेतृत्व आफ्नो पार्टीले गर्ने सुमनसिंहले उल्लेख गरे ।

नेपाली समाजको संकटको समाधान वैज्ञानिक समाजवाद भएको वैठकले निकर्ष निकालेको जनाइएको छ । भ्रष्टाचार गर्नेहरुलाई जनकारबाही गर्न आफ्नो पार्टी तयार रहेको उनले चेतावनी दिएका छन् । स्थानीय निकायमा देखिएको चरम भ्रष्ट्रचार, सरकारी योजनामा विद्यमान चरम आर्थिक अपचलन र भ्रष्ट्रचार विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने उनले जानकारी दिए ।

उनले जनस्वास्थ्यमा देखिएको लापरबाही विरुद्ध खबरदारी गर्ने तथा कोभिड भ्याक्सिन समयमा उपलब्ध गराएर नागरिकको स्वास्थ्यमा ध्यान दिन आग्रह गरे । इलामका किसान, मजदुर, उत्पिडित वर्ग जाति समुदायका बीच रहेका सवै खाले अन्र्तविरोधहरुको छलफल गर्दै उत्पीडित समुदायका अधिकारहरुलाई सुनिश्चित गराउन संघर्ष गर्ने निर्णय लिईएको बताइएको छ ।

बैठकले राष्ट्रघाति एमसीसी परियोजनाको भण्डाफोर गर्ने र एनसिएलको कर हिनामिनाको विषयमा निरन्तर शंसक्त संघर्ष गर्ने निर्णय लिइएको बताइएको छ । बैठक पछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सेक्रेटरी मौसमले नंया परिस्थितिमा पार्टी आएको र इमान्दार भएर आफ्नो पार्टीले जनताको नेतृत्व गर्ने भएकाले सबैलाई सहकार्य र सहयोगको अपिल गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here