डाक्टरमाथि हातपात गर्नेले माफी मागे

0
823

झापा ।

मेची अस्पताल भद्रपुरमा डाक्टरमाथि हातपात गरेको घटना दुवै पक्षबीचको आपसी सहमतिमा टुङ्गिएको छ ।

अस्पतालका डाक्टर केवल कपुरीलाई हातपात गर्ने हल्दिबारी निवासी पुष्पराज निरौलाले शुक्रवार बिहान अस्पताल परिसरमा सार्वजनिक रूपमै माफी मागेपछि विवाद समाधान भएको हो । निरौलाले घटनाप्रति क्षमायाचना गर्दै भने– आकस्मिक कक्षमा ड्युटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीसँग चर्को स्वर र आवेशमा आएर कुरा गरेको हो ।

साथै महिला स्वास्थ्यकर्मीमाथि अपशब्द प्रयोग गरी डाक्टरले मलाई सम्झाउन खोज्दा उहाँसँग उल्टै मैले दुव्र्यवहार गरी हातपात गर्न पुगँे । यस्तो महामारीको बेला अहोरात्र खटिरहेका चिकित्सकहरूप्रति मैले गरेको व्यवहार र घटनाप्रति क्षमायाचना गर्दछु ।

आवेशमा आएर डाक्टर र स्वास्थ्यकर्मीलाई बोलेको अपशब्द पनि फिर्ता लिन चाहन्छु । यस्तो घटनाले स्वास्थ्यकर्मीको मनोबल घट्ने र अन्य बिरामीको उपचारमा असर पर्ने महशुस गर्दै यस्तो घटना फेरि भविष्यमा नदोहो¥याउन प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।

यता अस्पतालका डाक्टरहरूले पनि प्रेस विज्ञप्ति निकाल्दै डाक्टरमाथि हातपात गर्ने व्यक्तिले क्षमा मागेकोप्रति धन्यवाद दिएका छन् । पछिल्लोपटक देशका चिकित्सक र स्वास्थ्यकर्मीमाथि यस्ता घटनाहरू भइरहेको छ । त्यसैले चिकित्सक र स्वास्थ्यकर्मीलाई सहज र सरल रुपमा काम गर्न वातावरण राज्यले बनाइदिनु पर्छ । यस्ता प्रकारका घटना पुनः नदोहो¥याउन बिरामी र बिरामीका आफन्तजनलाई अनुरोध गर्दछु ।

यता अस्पतालका मेसु डा. टङ्कप्रसाद बाह्रकोटीले अस्पतालमा सेवा सुविधामा चित्त नबुझेको खण्डमा अस्पताल प्रशासनलाई जानकारी गराउन आग्रह गरेका छन् । ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गर्ने कार्य गलत भएको बताउँदै उनले भने– ‘यस्तो घटना फेरि कहिले नदोहोरियोस् ।’

साउन ३ गते बेलुका हल्दिबारीका पुष्पराज निरौलाले श्रीमती कञ्चनलाई उपचारका लागि मेची अस्पतालको आकस्मिक कक्षमा गएका थिए । आकस्मिक कक्षमा कार्यरत डा. केवल कपुरी र पुष्पराजबीच उपचारकै विषयमा विवाद भएको थियो । सोही विवादको क्रममा दुवै पक्षबीच हात हालाहाल भएको थियो ।

त्यसपछि चिकित्सकहरूले साउन ४ गते आकस्मिकबाहेक सबै सेवा ६ घण्टा अवरुद्ध गरेका थिए, भने प्रहरी कार्यालय झापामा कारबाहीका लागि जाहेरी समेत दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here