माईनगर नगरपालिकामा एक साता लकडाउन, उल्लघन गरे डेढलाख जरिवाना

0
988

इलाम ।

बिपद् व्यवस्थापन समिति माई नगरपालिका इलामको बिहिबार बसेको बैठकले एक हप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ ।

नगर बिपद् समितिले पुर्ण लकडाउनको कार्य प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको भए पनि कोभिडको संक्रमण नियन्त्रण हुनुको सट्टा बढ्दै गएको पाईएकाले जिल्ला प्रशासन कार्यालयले जारी गरिएको आदेशमा भएको भएको शर्त अनुरुप २०७८ भाद्र १० गते राति १२ बजे सम्मको समय सिमालाई कायम गर्दै थप शर्त समेत लागू हुने गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

माईका मेयर दिपक कुमार थेवेको अध्यक्षतामा सरोकारवालाहरुको बैठकले माई नगरपालिका भित्र बिरामीलाई माई अस्पताल र छिमेकी जिल्ला अस्पताल लैजानु पर्ने भएमा एम्बुलेन्स मात्र प्रयोग गर्ने तर एम्बुलेन्स नभएको खण्डमा मात्र माई नगर अस्पतालको शिफारिसका आधारमा पास लिएर लैजान पाईने, स्थानीय स्तरमा रहेका औषधी पसलमा नपाईने औषधी खरिद गर्न माई नगर अस्पतालमा सम्पर्क गर्ने, उक्त औषधी बिमा बाट सम्भब भए बिमा मार्फत माई नगर अस्पतालले उपलब्ध गराउने र उपलब्ध नभए स्वास्थ्य शाखामा समन्वय गरि स्वास्थ्य शाखा मार्फत खरिद गर्न सहजीकरण गरिदिने, झापा र ईलामका अन्य पालिकावाट माई नगरपालिकाको बाटो प्रयोग गरि यात्रु ओसार प्रसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिइ कार्बाहीका लागि प्रकृया अघि बढाउने निर्माण गरेको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो । लकडाउन उल्लङ्घन गर्ने जो कोहीलाई संक्रमण रोग एेन २०२१ बमोजिम १ लाख ५० हजार सम्म जरिवाना गरिने बताईएको छ ।

कोरोनाको दोस्रो भेरिएन्ट शुरु भए देखि बिहिबार सम्म माईमा ४ सय ५७ जना संक्रमित भएकोमा ३ सय १२ जना निको भई सकेका छन भने २ सय ४५ जना सकृय संक्रमित रहेका छन। अहिले कोरोनाको कारण ६ जनाको ज्यान गईसकेको छ।

गत भाद्र १ गते इलामका प्रमुख जिल्ला अधिकारी द्वारा जारी आदेशमा तरकारी, खाध्यान्न, फलफूल, दुध र मासुको पसल बिहान ९ बजे सम्म खोल्ने, परिक्षार्थी र परिक्षामा खटिने कर्मचारीले परिचय पत्रका आधारमा आवत जावत गर्न सकिने, बैक आलोपालो प्रणाली अनुरुप १० बजे देखि १२ बजे सम्म अति आवश्यक बैङ्क कार्य गर्न लगायत निर्णय भएको जनाइएको थियो ।

मेयर दिपककुमार थेवेको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली कांग्रेसका नगर सभापति कृष्ण खाकी, नेकपा एमालेका सचिव हेम बहादुर लायो, स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल, रेडक्रस सोसाइटी दानाबारी सभापति मित्र प्रसाद गौतम, वडाध्यक्षहरु मुखराज आङ्गदम्बे, सुर्य प्रसाद दुलाल, शेर बहादुर एक्तेन, शसस्त्र प्रहरी बल दानाबारी बेश क्याम्पका प्रमुख देवेन्द्र प्रसाद मैनाली, लोदिया प्रहरी चौकी प्रमुख पदम सुन्दर लिम्बु, माई अटो प्रालिका अध्यक्ष भीम पाण्डे, माई नगर प्रशासन शाखा प्रमुख नविन कुमार पौड्याल, यातायात व्यवसायीहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here