
रबिना मैनाली,
जिद्दी यि आसुहरु सधै लुकेर आउछ्न
बेहाल यी हालहरु देखाएर जान्छन
हर बखत बिझाएर मलाई
हर कोहि सामु रुखो बनाएर जान्छन्
जिद्दी यी आशुहरु सधै लुकेर आउछन
पानीको भेषमा आगोको मुस्लो बनेर धाउछ्न
आफू बहिर निस्केझै गर्दै
गाठाे पारी मलाई म भित्रै मार्छन
जिद्दी यी आसुहरु सधै लुकेर आउछन्
आसुको भेल सगै खुसीलाई पारी तार्छ्न
भिजेको सिरानीमा न्यानोपनको आभास खोज्दै
घायल दिललाई तातो आँसुले धोएर जान्छ्न।।



























