फिजियोथेरापीतर्फ बिरामीको आकर्षण बढ्दो

0
610

उमानाथ भण्डारी,

हरेक वर्ष सेप्टेम्वर ८ तारिकका दिन विश्व फिजियोथेरापी दिवश मनाउँदै आइएको छ । फिजियोथेरापीका बारेमा सबैलाई ज्ञान नभए पनि पछिल्लो समय फिजियोथेरापी गर्नेको संख्या र फिजियोथेरापी क्लिनिक खुल्नेक्रम समेत बढिरहेको छ ।

फिजियोथेरापी अर्थात् भौतिक चिकित्सा विज्ञानको एक मुख्य शाखा हो । जुन एक समग्र दृष्टिकोण अर्थात् होरेष्टिक एप्रोजसँग सम्बन्धित रहेको छ । आजको दिनसम्म पनि सबै व्यक्तिहरुलाई फिजियोथेरापी भनेको के हो ? फिजियोथेरापीले के गर्छ ? भौतिक चिकित्सा पनि स्वास्थ्य चिकित्साको एक महत्वपूर्ण अंग हो भन्ने विषय समेत ज्ञात भइसकेको अवस्था छैन । फिजियोथेरापी चिकित्सकको बारेमा तिनका पद्धतीका सेवाहरुबारे के–कस्ता समस्याहरु पर्दा फिजियो थेरापी चिकित्सकसँग सम्पर्क गर्न समेत चिकित्सकले बताउने गर्नु भएको छ ।

फिजियोथेरापी वा भौतिक चिकित्सा शास्त्रको धेरै वटा विधा हुन्छन् । हाडजोर्नी तथा मांशपेशी सम्बन्धी फिजियोथेरापी अत्यन्त गहन भूमिका हुन्छ । हाडजोर्नी तथा मांशपेशी सम्बन्धी समस्या भएका बिरामीको उपचार तथा पुनः स्थापना गर्ने काम हुन्छ । विभिन्न अनुसन्धान भएका इलेक्ट्रोनिक्स मेशिन तथा म्यानुअल थेरापी विधिबाट विभिन्न स्वास्थ्य समस्याको उपचार गर्ने विधि हुन्छ । सामान्यतयाः हाडजोर्नी सम्बन्धी दुखाई कम गर्न कमजोर मांशपेशीलाई बलियो बनाउन, मांशपेशी सुक्न नदिन, शरीरको कार्य क्षमता बढाउन, अपरेशनपछिको पुनः स्थापना फिजियोथेरापीको अहम् भूमिका हुन्छ । बाथरोगको उपचार, नशा च्यापिएको, गर्धनको नशा च्यापिएको, मेरुदण्डको हड्डी खिइएको, घुडा दुख्ने तथा घुडा खिइएको, जोर्नी जाम भएको, मांशपेशी तथा लिगामेन्ट च्यातिएको, हाडजोर्नी शल्यक्रिया पछिको पुनः स्थापना फिजियोथेरापीको माध्यमबाट निको हुने दमकस्थित सिटीसी फिजियोथेरापीका कन्सल्टेन्ट फिजियो थेरापिष्ट विनोद भट्टराई बताउनुहुन्छ ।

न्यूरो फिजियोथेरापी भन्नाले फिजियोथेरापीको एक बिशेष निकाय हो । जसमा स्नायू प्रणाली सम्बन्धी समस्या भएर मांशपेसी र समृद्धि प्रणालीमा ह्रास आउने गर्दछ । यसले गर्दा प्यारालाईसिस् हुने छालाको भागहरु लाटो हुने जस्ता समस्याहरुको विभिन्न पद्धतीद्वारा उपचार गरिन्छ । यस उपचार पद्धतीको मुख्य उद्देश्य भनेको शारीरिक अवस्था अशक्त वा कमजोर भएकाहरुलाई पुनः स्थापना गराई पुरानै कार्यशैली र जीवनशैलीमा फर्काउने गर्दछ । यसले गर्दा विभिन्न समस्यामा परेका विरामी पछिल्लो समय फिजियोथेरापीमा आउनेको संख्यामा दिनानुदिन बृद्धि हुने गरेको भट्टराई बताउनुहुन्छ ।

न्यूरो फिजियो थेरापिस्टले नशा सम्बन्धी रोगहरु जस्तै मस्तिष्क घात, मेरुदण्डको चोट, आघातित दिमाखको चोट, परिधिय स्नायुको चोट, पार्किन्सन रोग, बहु स्लेरोसिस उपचारमा मद्दत गर्दछ । प्रायजसो नशा सम्बन्धी रोगहरुमा छोएको थाह नहुने, प्याराललाइसीस हुने अनि लामो समयसम्म अस्पतालमा बिताउनुपर्ने भएकाले अरु विभिन्न समस्याहरु थपिने भएकोले पनि पछिल्लो समय फिजियोथेरापीमा उपचार गराउन आउनेको संख्या बढिरहेको फिजियो थेरापिष्ट भट्टराई बताउनुहुन्छ ।

शरीरका विभिन्न मांशपेसी सुक्नु, हाडजोर्नी जाम हुनु, छातीको संक्रमण हुनु जस्ता समस्यामा समेत फिजियोथेरापीको उपचार प्रभावकारी हुने गर्दछ । शरीरमा आउने विभिन्न प्रकारका समस्यालाई सरल र सहजरुपमा फिजियोथेरापीबाटै प्रभावकारी उपचार हुने गर्दछ । पछिल्लो समय कम्मरको दुखाई, प्यारालाईसिस, हाजजोनीका साथै विभिन्न कारणले अपाङ्गगता भएका व्यक्तिका लागि समेत फिजियो प्रभावकारी बन्दै गएको अर्का फिजियो थेरापिस्ट सौजन्य शिवाकोटी बताउनुहुन्छ ।

बाल चिकित्सा फिजियोथेरापी अन्तर्गत बालबालिकाको पुनः स्थापनामा पनि फिजियोथेरापीको एकदमै महत्वपूर्ण भूमिका रहेको छ । अन्य फिजियो थेरापिस्ट जस्तैः बाल फिजियो थेरापिस्ट पनि हृदय प्रणालीसँग सम्बन्धित हुन्छन् । उहाँहरुको लक्ष्य शारीरिक कमजोरी मांशपेशी विचलन भएको विकासात्मक ढिलाई जसलाई हामी developmental delay भन्छौं । र, अनि अन्य विभिन्न सम्बन्धित समस्याको प्रभावहरुलाई कम गर्न मस्कुलर स्कुलेटर बिकासलाई बढुवा दिन विभिन्न क्रियाकलाप गराएर जस्तै बालबालिकाहरुलाई प्लेथेरापी गराउनु पर्दछ । जुन बालबालिकाको हकमा एक महत्वपूर्ण थेरापी हो । बालबालिकामा देखिने कमन केशहरु मस्तिष्क पक्षघात, Austim,down’s syndrome, muscular dystrophy, osteomyelitis, osteogenesis, spina, bofida exerice अनि विकासात्माक ढिलाई अर्थात् मस्तिष्क दोषहरु रहेका छन् ।

खेलमा फिजियोथेरापी physiotherapy in sports भनेको फिजियोथेरापीको त्यो महत्वपूर्ण ब्रान्च हो । जसले Sports injuries जसमा मांशपेसी लिगामेन्ट र Tendon injuries   रोकथाम र त्यसको व्यवस्थापन गर्दछ । Sports injuries सबै उमेर खेलाडी रमाइलो गर्न होस् या त व्यवसायिक होस । जुनसुकै Injuries चाहे त्यो खेल होस Exercise को कारणले होस त्यसलाई जनाइन्छ । स्पोर्टस् थेरापीमा प्रमुख भागहरु रहेका छन् । Injury Prevention फरक खेलमा हुन सक्ने Injury फरक हुन्छ । स्पोर्टस् फिजियोथेरापीमा त्यो Injury लाई न्यूनीकरण गर्न सकिने फिजियो थेरापिष्टहरुको भनाइ छ ।

आजभोलि कतिपय अस्पतालले समेत विरामीलाई फिजियोथेरापी गर्न सल्लाह दिने गरेको पाइन्छ । अस्पतालमा उपचार सम्भव नभएपछि डाक्टरले नै विरामीलाई फिजियोथेरापी गर्न सल्लाह दिने गरकोेले समेत फिजियोथेरापीमा उपचार गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । विभिन्न समस्याका कारण लामो समय उपचार गर्दा पनि ठिक नभएका विरामी अहिले फिजियोथेरापीमा आएर निको भएका छन् । यसले गर्दा पछिल्लो समय फिजियोथेरापीप्रति विरामीको आकर्षण बढेको छ ।

फिजियोथेरापी भौतिक चिकिस्साले अपाङ्गता भएको व्यक्तिहरुको पुनःस्थापना र जीवन गुणस्तर बनाउन महत्वपूर्ण भूमिका निवाह गरेको हुन्छ । अपाङ्गगता भएका व्यक्तिहरुको परीक्षण तथा जाँच गरी उनीहरुको दैनिक जीवनयापन भोगाइको समस्या पहिचान गरी छोटो र लामो लक्ष्य सेट गरी सेवा प्रदान गरी सक्दो चाँडो स्वस्थ्यमा सुधार ल्याउन सकिन्छ । बालबालिका, वयस्क, ज्येष्ठ सबै उमेर समूहका विरामीका लागि फिजियोथेरापी अत्यन्तै महत्वपूर्ण प्रविधि मानिन्छ ।

उपचार पद्धति लागि फरक–फरक हुन्न सक्छ । प्रत्येक व्यक्तिहरुलाई अस्पताल र पुनःस्थापना केन्द्रमा पुग्न सम्भव हँुदैन । त्यस्ता व्यक्तिहरुलाई समुदायिक स्तरमा गएर फिजियो थेरापीद्वारा सेवा प्रदान समेत गरिँदै आएको छ । गर्भवती महिलालाई विभिन्न शारीरिक परिवर्तन भएको समयमा समेत फिजियो थेरापिष्टको सल्लाहले गर्भावस्थामा धेरै फाइदा पुग्ने गर्दछ । गर्भपश्चात पनि महिलाहरुलाई धेरै समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । शरीर कमजोर हुने जीऊ दुख्ने, यी सबै समस्याहरु पनि फिजियोथेरापिष्टको सल्ला लिएर नियमित व्यायाम गर्ने हो भने यस्ता समस्यबाट मुक्ति पाउन सकिने फिजियो थेरापिष्ट भट्टराई बताउनुहुन्छ ।

फिजियोथेरापीले सबै प्रकारका विरामीलाई फाइदा गर्नुका साथै प्रसुती तथा स्त्री रोगमा समेत फिजियोथेरापीको महत्वपूर्ण भूमिका हुने गर्दछ । न्यूरो फिजियो थेरापिस्टले नशा सम्बन्धी रोगहरु जस्तैः मष्तिस्क घात, मेरुदण्डको चोट, आघातित दिमाखको चोट, परिधिय स्नायुको चोट, पार्किन्सन रोग, बहु स्लेरोसिस जस्ता रोगमा समेत फिजियोथेरापी महत्वपूर्ण उपचार पद्धती सावित हुँदै आएकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here