गजल: हर पुराणको काहानीमा हुन्छे नारी

0
863


हत्केलामा बसी औंलाको निगरानीमा हुन्छे नारी
बहुमूुल्य त मात्र उसको जवानीमा हुन्छे नारी

शास्त्रका सिद्धान्त छाँटी साँझ स्वास्नी कुट्छन्
सम्मानित त हर पुराणको काहानीमा हुन्छे नारी

घीउ मीठो मोही  मीठो मिठासको नै चर्चा हुन्छ
मिठासकै लागि घोटीरहने मदानीमा हुन्छे नारी

दोष हैन नराम्री हुनु तैपनि सहन्छे घोकपेच सधैं
समाजसंगै परिवारको खिचातानीमा हुन्छे नारी

उस्तै परे आफन्तले नै कुरा काटी रोप्छ्न छुरा
मैन जस्तै बिलिन हुने जिन्दगानीमा हुन्छे नारी ।

ललितपुर ,कुसुन्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here