जुनोटिक रोग तथा विषादी न्यूनिकरण स्कुल शिक्षा

0
539
पथरीशनिश्चरे, 
 मोरङको पथरीशनिश्चरे नगरको पशुपंक्षी शाखाले यस वर्ष पनि सामुदायिक विद्यालयहरुमा जुनोटिक रोग तथा विषादी न्यूनिकरण स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
 पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगका बारेमा नगरपालिकामा रहेका ९–१२ कक्षा सम्मका मा.वि. तहका १० वटा सामुदायिक विद्यालयमा १ दिने कार्यक्रम सञ्चालन भएको हो ।
 नगरको पशुपंक्षी शाखाका प्राविधिक पर्वत साहका अनुसार  ती विद्यालयका ७ सय ९२ जना विद्यार्थीले कार्यक्रममा सहभागिता जनाएका  थिए । कार्यक्रमा कृषि तथा पशुपंक्षी शाखाका प्राविधिकहरु पर्वत साह, सविना राई, टीकादेवी राई सहितले सहजीकरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here