अर्जुनधारा ।

अर्जुनधारा जेसीजले विभिन्न कार्यक्रमहरू गर्दै समाज सेवाका क्षेत्रमा आफ्नो गतिविधिहरु सक्रियताका साथ अगाडी बढाएको छ ।
बुधवार खोलामा जिवीकोपार्जन गर्ने मजदुरलाई आवश्यक सामग्री प्रदान गर्दै आफ्नो सक्रियता बढाएको हो । अर्जुनधारा–७ स्थित विरिङमा एक कार्यक्रमका बीच खोलामा जिविकोपार्जन गर्ने मजदुरलाई आवश्यक पर्ने तार जाली र बेल्चा वितरण गरिएको छ ।
अर्जुनधारा नगरपालिका वडा नं. ७ का अध्यक्ष नवराम ढुंगानाको प्रमुख आतिथ्यतामा आवश्यक सामग्री वितरण गरिएको कार्यक्रमको सभाअध्यक्षता वर्ष २०२२ का अध्यक्ष भीमबहादुर कुँवरको रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि ढुंगानाले मजदुरहरुप्रति सहयोग सद्भाव राख्ने जेसीज भावनाको प्रशंसा गरेका छन् ।

त्यसैगरी सिर्जनात्मक काममा जेसीज अगाडि भएको हुँदा कसैले नदेखिने क्षेत्रमा जेसीजको काम, कर्तव्य र सद्भाव फैलाउँदै जाने कार्यक्रमका विशिष्ट अतिथि अर्जुनधारा जेसिज वर्ष २०१५ का अध्यक्ष दिपीन राईले बताएका छन् ।
वर्ष ०१७ का अध्यक्ष प्रल्हाद ढुंगानाले जेसीज टिमप्रती आभार प्रकट गर्दै अर्जुनधारालाई उचाइमा पुर्याउन नयाँ कार्यक्रम बनाउँदै जान आग्रह गरे । त्यस्तै आफ्नो भनाई राख्दै कार्यक्रम संयोजक भवानी बरालले मजदुरप्रतिको सद्भाव जेसीजमा भएको हुँदा अहिलेलाई २५ खोलामा काम गर्ने मजदुरलाई सामग्री वितरण गरिएको र नपुगेका खोला मजदुरका लागि फेरी अर्को पटक वितरण गरिने समेत जानकारी गराएका थिए ।
यता ठूलो समूहमा सहभागि मजुदरहरुलाई खोलामै आएर सामाग्री वितरण गर्ने कार्यक्रम गरि सहयोग पुर्याएकोमा मजदुर टेकबहादुर राईले जेसीजलाई धन्यवाद दिएका थिए । कोषाध्यक्ष बालगोपाल गौतमको जेसीज आस्था वाचन कार्यकारी उपाध्यक्ष प्रेम खड्काले धन्यवाद व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिब बरुण कुमार माझीले गरेका थिए ।































