सुस्त सरोकार मञ्चका बालबालिकासंग हाम्रो अभियान नेपालको होली

0
614

बिर्तामोड ।

हाम्रो अभियान नेपालले होली पर्वको अवसरमा सामाजिक काम गरेर मनाएको छ ।

झापाको कन्काइ–३ स्थित सुस्त सरोकार मञ्च नेपालमा रहेका १२ जना असहाय, अनाथ अपाङ्गता भएका बालबालिकालाई फलफूल, बिस्कुट, मिठाई वितरण गर्दै रंग लगाएर होली पर्व मनाइएको बताइएको छ ।

सस्थाले बिगत लामो समयदेखी असहाय, सडकमानवको उद्दार,अपाङ्गता भएकालाई गाँस, बास र कपासको उचित ब्यबस्थापन, लकडाउनको समयमा सडक आस्रित मानवलाई खाना, नाना र छानाको उचित व्यवस्थापन, निम्न आय भएका परिवारलाई खाद्यन्न सामाग्री वितरण,कोभिड भएका बिरामीहरुलार्इ निःशुल्क रुपमा आयुर्वेदिक दबाइ वितरण, रक्तदान कार्यक्रमको आयोजना, न्यानो अभियान स्वास्थ्य नै मूल धन भन्ने नाराका साथ सरसफाइ कार्यक्रमको आयोजना, वृद्ध आस्रममा टहरो निर्माणदेखि समाज रुपान्तरणका, रचनात्मक र सृजनात्मक कार्यहरु गर्दै आइरहेको सचिव विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

कार्यक्रममा सस्थाका अध्यक्ष, नरेश मोहरा उपाध्यक्ष, बिज्ञानराज पौडेल, सन्दिप प्रसाइ, एलेक्स मैनाली, बिनोद उप्रेती, सन्जिव मैनाली, मुकेश जैन, अनुप प्रसाइको सहभागी रहेको सस्थाका सचिव आचार्य बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here