इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनद्वारा आमाहरुको सम्मान

0
465

झापा,  सामाजिक क्षेत्रमा सक्रिय क्लका रुपमा इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनलाई लिने गरिएको छ । यो क्लवले सामाजिक क्षेत्रमा रहेर विभिन्न गतिविधि गर्दै आएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा बितरणदेखि , अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री बितरण, ज्येष्ठ नागरिकलाई समेत उनीहरुका आवश्यकता हेरेर बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


पछिल्लो समय इनर व्हिल क्लब अफ बिर्तामोड मिडटाउनले ‘चार्टर डे सेलिब्रेसन प्रोग्राम’ अन्तरगत सम्पूर्ण सदस्यका जन्म र कर्मदिने आमाहरुलाई सम्मान गरेको छ ।
क्लवकी डिपुटी एनआर समिरा धोजुको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जन्म र कर्मदिने आमाहरुलाई सम्मान गरिएको थियो भने छोरी र वुहारीका विषयमा आमाहरुले समेत धारणा राखेका थिए ।
इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट जमुना भूषाल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भाइस प्रेसिडेण्ट सम्झाना भण्डारीले गरेकी थिइन् । इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी चार्टर प्रेसिडेन्ट भूमिका पोखरेलले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा आइएसओ जुनु विमली उप्रेती, सेक्रेटरी मोनिका अग्रवाल, मिडिया कोअडिनेटर ऋजु क्षेत्री लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन कोषध्यक्षा लुना वस्नेतले सञ्चालन गर्नु भएको थियो ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको इनर व्हिल क्लब अफ बिर्तामोड मिडटाउनले यस अघि इलामको गोदक स्थित नन्द माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण गरेको थियो भने झापा गाउँपालिकाका ४१ जना अपाङ्गता भएकाहरुलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here