झापा ।

झापा र ओखलढुङगा भएका छुट्टा–छुट्टै घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका–२ सिपेनि सिमसारस्थित जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोहि स्थानका १४ बर्षीय मोहन राई रहेका छन् । साथीकोमा जान्छु भनेर घरबाट निस्केका राईको पौडी खोल्ने क्रममा पानीमा डुबबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उता ओखलढुङगा खिजिदेम्बा गाँउपालिका–७ कि ५८ बर्षीया गोमा माया परीयार चैत्र ६ गते घरबाट कोहि कसैलाई नसोधि हिँडेर हराई बेपत्ता भऐकोमा खोज तलासको क्रममा खिजिदेम्बा–७ स्थित लिखु नदीमा डुबेर मृत अवस्थमा फेला परेकी हुँदा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान कार्य भइरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।






























