लागूऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

0
319

बिराटनगर ।

१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर आईआरटी समुहबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्धाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका–१९ का ३६ बर्षीय सुरज भन्ने सरोज राईलाई पक्राउ गरेको छ ।

लागूऔषध मुद्धमा उच्च अदालत बिराटनगरको २०७३ साल भाद्र ५ गतेको फैसला आदेशले एक बर्ष १० महिना २७ दिन कैद र एक लाख रुपैँया जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईको खोज तलासमा खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here