पथरीशनिश्चरेमा श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम

0
465

पथरीशनिश्चरे, 


मोरङको पथरीशनिश्चरे नगरपालिकाको उपसमितिको रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिले श्रष्टा सम्मान र तबला बादन कार्यक्रमसहित बृहत सांस्कृतिक कार्यक्रम गरेको छ ।
नगर क्षेत्रबाट उदाएर साहित्य र पत्रकारितामा राष्ट्रिय पहिचान बनाउन सफल विमला तुम्खेवालाई सम्मानित गरिएको थियो।

प्रमुख दिलीपकुमार राईले तुम्खेवालाई नगद २५ हजार राशी, सम्मानपत्र र दोसल्लाले सम्मानित गर्दै नगरपालिकाले कला साहित्यको क्षेत्रको विकासमा सघाउँदै आएकाले सृजनाको विकासमा नगरको फरक पहिचान वन्दै गएकोमा खुसी व्यक्त गर्नु भयो । समितिले वर्षेनी प्रदान गर्दै आएको श्रष्टा सम्मानबाट यो वर्षको सम्मानप्राप्त तुम्खेवा ३ दशकदेखि साहित्य र पत्रकारिता क्षेत्रमा संलग्न भई निरन्तर सक्रिय हुनुहुन्छ ।

२०५५ मा ‘विमला तुम्खेवाका कविताहरु’,०६० मा ‘नदी, छाल र तरङ्गहरु’, ०६५ मा ‘संस्मरण एउटा बुढो रुखको’ र ०७५ मा ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ गरी ४ वटा कविता संग्रह प्रकाशित छन् । उहाका कविताहरु सुदुरपश्चिम विश्वविद्यालयका १६ वटा क्याम्पसमा स्नातक तहको पहिलो वर्षको पाठ्यक्रममा राखि पढाइ हुँदै आएका छन् । ०५३ सालमा धरानको ब्लाष्ट टाइम्स दैनिकमा पथरी संवाददाता भएर पत्रकारिता थाल्नु भएकी तुम्खेवा पछिल्लो समयमा सञ्चारिका समूहको अध्यक्ष वन्नु भएको छ ।

दिवंगत नेपाली गायक गायिककाहरुको स्मरणमा उनीहरुकै कालजयी गीत गाएर नगरका गायक गायिकाहरुले सम्मान व्यक्त गर्ने सांस्कृतिक कार्यक्रममा गायक पुष्पन प्रधानको विशेष प्रस्तुति रहेको छ । उहाले आफ्ना चर्चित कालजयी गीतहरु गाएर दर्शकहरुले भएको थियो ।

जसमा, अलंकार बैण्ड विर्तामोडका वाद्यवादकहरुको प्रत्यक्ष वाद्यवादन रहेको थियो । नयाँ वर्षको सन्दर्भ समेतको कार्यक्रममा नगरका अगुवा गायक वीरध्वज शिवाको अगुवाईमा रविन कन्दङ्वा, अर्जुन सेञ्जुरी, रमेश युडी, नन्दु गुरुङ, प्रतिमा गुरुङ, राज लोहार, सुमित राई, अमित चौधरी, रोश्नी गुरुङ सहितको प्रस्तुति रहेको छ । साहित्यिक रचना वाचनका साथै पथरी डान्स सेन्टरको नृत्य प्रस्तुति समेत रहेको थियो ।

साथै कार्यक्रममा, समितिले आयोजना गरेको १ महिने तबला प्रशिक्षण कार्यक्रमका सहभागिलाई सोहि कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रम समिती अध्यक्ष धनराज राई अमीरको अध्यक्षता र अर्जुन सेन्चुरीको संयोजनमा सम्पन्न भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here