विमल दहाल,
माई, इलामको माई नगरपालिकामा मेयर दिपक कुमार थेबे सहित १७ जना जनप्रतिनिधिले एक कार्यक्रमका बिच शनिबार राजिनामा दिएका छन ।
आगामी हुन लागेको स्थानीय तह निर्बाचनमा उमेरद्धार बन्न तथा निर्बाचनमा सकृय हुन राजिनामा दिनेहरुमा मेयर थेबे सहित उपमेयर बिष्णुमाया आचार्य, वडा नम्बर २ अध्यक्ष खम्बसिंह लिम्बु, वडा नम्बर ६ अध्यक्ष मुखराज आङदम्बे, वडा नम्बर ७ का अध्यक्ष राम प्रसाद सदेम्वा, वडा नम्बर ९ का अध्यक्ष लिलाकुमार राई र वडा नम्बर १० का अध्यक्ष मन बहादुर बस्नेतले रहेका छन । त्यस्तै ५ जना वडा सदस्यहरु रश्मीला बराईली, डिक बहादुर निरौला, महेन्द्र बुढाथोकी, केशर कुमार राई, कल्पना विकले राजिनामा दिएका छन । राजिनामा दिनेहरुमा अन्य ५ जना कार्यपालिका सदस्यहरु रहेका समेत रहेका छन । कार्यपालिका सदस्यहरुमा राजेन्द्र धमला, कल्पना बिश्वकर्मा, तेज कुमारी राई, अनिता भट्टराई र कुमारी माया आले मगरले राजिनामा दिनुभएको छ ।
मेयर थेबेले उपमेयरलाई सम्बोधन गर्दै राजिनामा दिएकोमा प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीले सनाखत गर्नुभएको छ भने मेयर वाहेक अन्यले मेयर थेबे समक्ष राजिनामा दिएका छन ।
मेयर थेबेले २०७४ साल असार २३ गतेबाट कार्यभार सम्मालेर आउदा १३ हजार बजेट माईमा रहेको सुनाउदै पाँच बर्षको कालकालमा जनताको सकृय सहभागिता र सहयोगमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतमा उल्लेखनीय विकास गर्न सफल भएको जानकारी दिनुभयो ।
जनप्रतिनिधि, कर्मचारी र पत्रकार सहभागिता रहेको कार्यक्रममा “विकासमा माईका ५ बर्ष नामक तथ्यहरु सार्बजनिक” गरिएको भिडियो डकुमेन्ट्टी प्रस्तुत गरिएको थियो । प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीले लोकतन्त्रको गहना सार्बभौमसक्ता र कानुनी शासन भएकाले बिधि र पद्धती अनुसार राजिनामा स्वीकृत गरिएको जानकारी दिनुभयो । अधिकृत अधिकारीले इलेक्ट्रेट र सेलेक्टेटको सहकार्यमा माईमा विकास सफल बनाउन सकिएको जानकारी दिनुभयो ।






























