ज्येष्ठ नागरिकलाई कानूनी सचेतना

0
495

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा नगरका ज्येष्ठ नागरिकसँग कानूनी सचेतना सवाद कार्यक्रम भएको छ ।

नेटवर्क मिडिया प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै तात्कालिन नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले ज्येष्ठ नागरिकका समस्याहरु समाधानमा न्यायिक समितिमार्फत कानूनी पक्षमा सचेतना समेत प्रदान गरेर न्याय सम्पादन गर्दै आएको बताउनुभयो ।

साथै उहाँले ज्येष्ठ नागरिक जिवित भगवान भएकाले उहाँहरुको न्यायका लागि न्यायिक समिति अझै बढी गम्भीर बनेर कार्य सम्पादन गर्दै आएको कुरा पनि जोड्नुभयो ।

नेपाल बार एशोसियनका उच्च अदालत विराटनगरका उपाध्यक्ष अनिल खड्काले ज्येष्ठसँग जोडिएका कानूनका कुराहरु प्रष्टयाउनु भयो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी बेदप्रसाद गौतमले आफ्नो कार्यालयमा ज्येष्ठ नागरिकका लागि छुट्टै डेस्क सञ्चालन गरी उहाँहरुप्रति सम्मान व्यक्त गरिरहेको बताउनुभयो ।

ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रको समन्वयको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले आफ्ना समस्या व्यक्त गरेका थिए । सुमन पुरीले सहजिकरण गर्नुभएको सो कार्यक्रम नेपाल टेलिभिजन इटहरीबाट समेत प्रशारण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here