एमालेका उम्मेद्वारलाई बिर्तामोडका टोल टोलमा स्वागत

0
666

 

बिर्तामोड, नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान तिव्र छ । एमालेले नगरका सबै वडाहरुमा पुगेर कोण सभाको आयोजना गर्दै विगत ५ वर्षमा नेकपा एमाले नेतृत्वले गरेका काम र भावी योजना तथा प्रतिवद्वताहरुका बारेमा जानकारी गराउँदै आएको हो ।
नेकपा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेद्वार पवित्रा महतारा प्रसाई,उपप्रमुखको उम्मेद्वार नगेन्द्र प्रसाद संग्रौला सहित टोल टोलमा पुगेका एमालेका उम्मेद्वार तथा नेताहरुलाई मतदाताहरुले भव्यरुपमा खादा माला लगाइदिएर स्वागत गर्दै शुभकामना व्यक्त गर्ने गरेका छन् । विकास र समृदिका लागि एमाले नेतृत्वको सरकार नै आवश्यक रहेको भन्दै उनीहरुले मत दिएर विजयी गराउने बताए ।

एमाले बिर्तामोडको चुनावी प्रचार अभियान आज वडा नम्बर १ केन्द्रित छ । अभियानमा एमाले झापा इञ्चार्ज अग्नि खरेल,प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेल,राष्ट्रिय सभाका पुर्व सदस्य हरिचरण शिवाकोटी,संविधान सभा सदस्य मनकुमार गौतम, नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, एमाले बिर्तामोड नगरकमिटि अध्यक्ष सुवास भट्टराई सहित नेता,कार्यकता र उम्मेद्वारहरुको उपस्थिति छ ।

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि बिर्तामोडमा बलियो मानिएको नेकपा एमाले जीत प्रतिक्षामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here