बालक्लवद्वारा सर्वत र सातु वितरण

0
544

बिर्तामोड ।

हराउँदै गएको संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले बिर्तामोडस्थित न्यूटन्स एकाडेमी विद्यालयले अक्षय तृतीयाको अवसर पारेर सर्वत र सातु वितरण गरेको छ ।

विद्यार्थीलाई सांस्कृतिक पर्वको ज्ञान दिने उद्देश्यले अक्षय तृतीयाको अवसरमा न्यूटन्स बालक्लवद्वारा सर्वत र सातु वितरण गरिएको जनाइएको छ ।

बालक्लवका अध्यक्ष सावित्रा न्यौपाने तथा फोकल पर्सन मिनु शिवाकोटीले विद्यार्थीहरुलाई अक्षय तृतीयाको महत्व र यसको प्रभावकारिताका बारेमा जानकारी गराउँदै सातु र सर्वत वितरण कार्यक्रम गरिएको जानकारी दिएका छन् ।

रिजेन्सी बुक्स एण्ड स्टेशनरीले प्रयोजन गरेको तथा श्रेष्ठ प्लाष्टिक पसलबाट पनि सहयोग प्राप्त भएको बताइएको छ । विद्यार्थीहरुलाई नेपालीहरुको सांस्कृतिक पर्वको जानकारीका साथै महत्व दर्शाउने उद्देश्यले अतिरिक्त कार्यक्रम अन्तर्गत सातु र सर्वत वितरण गरिएको विद्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here